आकस्मिक वर्षापछि आएको बाढीका कारण हिमाचल प्रदेशमा ५० जनाभन्दा बढी बेपत्ता

सिमला, १ अगस्ट: हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन्।

सिमलाको रामपुर तहसिल, मन्डी जिल्लाको पधार तहसिल र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपतपछि राष्ट्रिय विपत् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपत् व्यवस्थापन बल (एसडिआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन्। राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको  र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत बताएका छन्।

यसैगरी हिमाचल प्रदेशका राजस्व मन्त्री जगतसिंह नेगीले सिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठजना बेपत्ता भएको तथा दुईजनाको शव फेला परेको जनाएका छन्।

अहिलेसम्म सिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठजना बेपत्ता भएका जानकारी प्राप्त भएको छ।  कुल्लु क्षेत्रमा मलानाको विद्युत् परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिस पनि फसेका छन् भने सडक सञ्जाल अवरुद्ध भएको छ।

हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी वर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि केन्द्रीय स्वास्थ्यमन्त्री जगतप्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिएका छन्। उनले हिमाचल विधान सभाका पूर्वमुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भाजपाका प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिएका छन्।

यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *