हेडलाइन

नगर निकाय चुनाउअघि भाजपाले गर्‍यो बिन्द्या सिञ्चुरीलाई पार्टीबाट निष्कासन

गान्तोक, १३ अप्रिल: सिक्किममा जारी नगर निकाय चुनाउ २०२६ अघि भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आफ्नो सदस्य बिन्द्या सिञ्चुरीलाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको छ। डीपीएच वार्डबाट निर्दलीय उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेकी सिञ्चुरीमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ। भाजपा नेता अर्जुन राईले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको पुष्टि गर्दै सिञ्चुरीको…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे ‘नारी शक्ति वन्दन अधिनियम’लाई समर्थन

गान्तोक, १३ अप्रिल: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘नारी शक्ति वन्दन अधिनियम’प्रति पूर्ण समर्थन जनाउँदै यसलाई देशभरिका महिलाहरूको सशक्तीकरणका लागि ऐतिहासिक र रूपान्तरणकारी कदमको रूपमा व्याख्या गरेका छन्। उनले सिक्किम सरकार र जनताका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गर्दै उक्त पहललाई अगाडि बढाएकोमा प्रशंसा गरेका छन्। मुख्यमन्त्री तामाङले आगामी १६ अप्रिलदेखि संसदमा सुरु हुने…

पूरा पढ्नुहोस्

प्रधानमन्त्री मोदीको भ्रमणको तयारीलाई लिएर मुख्यमन्त्री तामाङको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न

गान्तोक, १३ अप्रिल: प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई लिएर तयारी सुरु भइसकेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा उच्चस्तरीय समन्वय बैठकको अध्यक्षता गर्दै यसै महिनाको अन्त्यतिर हुने प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीबारे समीक्षा तथा व्यवस्थापनलाई थप सुदृढ गर्ने विषयमा छलफल गरेका छन्। बैठकमा मुख्यमन्त्री तमाङले प्रधानमन्त्रीको भ्रमणलाई सिक्किमवासीका लागि अत्यन्त गर्व र खुशीको क्षणका…

पूरा पढ्नुहोस्

गैर-सिक्किमे पुरुषसँग विवाहित महिलाका सन्तानलाई सीओआई नदिने नीति कायम

गान्तोक, ९ अप्रिल: सिक्किम उच्च अदालतले गैर–सिक्किमे पुरुषसँग विवाह गरेका सिक्किमे महिलाहरूका सन्तानलाई सर्टिफिकेट अफ आइडिन्टिफिकेसन (सीओआई) नदिने नीतिलाई वैध ठहर गर्दै एक महत्वपूर्ण फैसला सुनाएको छ। न्यायाधीश मीनाक्षी मदन रायको एकल बेन्चले “पुष्पा मिश्र तथा अन्य बनाम सिक्किम राज्य” मुद्दामा ६ अप्रिलको दिन निर्णय सुनाउँदै सयभन्दा बढी महिलाद्वारा दायर रिट निवेदन खारेज गरेको हो।…

पूरा पढ्नुहोस्

एसकेएमको १४औँ स्थापना दिवसको तयारीबारे दोस्रो समन्वय बैठक सम्पन्न

गान्तोक, १२ जनवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)- को १४औँ स्थापना दिवसलाई लिएर आज गान्तोकको मनन केन्द्रमा दोस्रो समन्वय बैठक सम्पन्न भयो। एसकेएम अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको सभाध्यक्षतामा आयोजित बैठकमा स्थापना दिवस समारोहको तयारी, अहिलेसम्म भएका कार्यहरू तथा आगामी दिनमा गर्नुपर्ने व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ। एसकेएम प्रवक्ता विकास बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बैठकमा…

पूरा पढ्नुहोस्

नाथाङ गाउँमा आइस हकी सुरु गरिने

नाथाङ, ११ जनवरी: भारत–चीन सीमावर्ती क्षेत्रमा अवस्थित नाथाङ गाउँमा वाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत चाँडै आइस हकी खेल सुरु गरिने भएको छ। समुद्री सतहबाट १३,७०० फिटभन्दा बढी उचाइमा अवस्थित यस उच्च पहाडी गाउँमा खेलका लागि आवश्यक तयारी कार्य सुरु भइसकेको छ। आइस हकीसँगै नाथाङमा साइकलिङ, रक क्लाइम्बिङ तथा अन्य साहसिक खेल गतिविधिहरू पनि सञ्चालनमा ल्याइएको छ। यी…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले जनाए प्रि–बजेट बैठकमा सहभागी, राज्यका विकास प्राथमिकतामाथि जोड

गान्तोक, ११ जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित प्रि–बजेट बैठकमा सहभागिता जनाएका छन्। उक्त बैठकमा केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरी, विभिन्न राज्यका मुख्यमन्त्री तथा वित्त मन्त्रीहरू, साथै केन्द्रीय र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकका क्रममा मुख्यमन्त्रीले साना सीमावर्ती राज्यको रूपमा रहेको सिक्किमका विशिष्ट भौगोलिक र रणनीतिक…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग शिष्टाचार भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्री तामाङले सिक्किमवासीको तर्फबाट उपराष्ट्रपतिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपति राधाकृष्णनलाई निकट भविष्यमै सिक्किम भ्रमण गर्न हार्दिक निमन्त्रणा समेत दिएका छन्।

पूरा पढ्नुहोस्

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे नयाँ दिल्लीमा भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन्। उनले नितिन नवीनलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। यसका साथै, उनले राम्रो स्वास्थ्य, सफलता र…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय कानुन तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालसँग नयाँ भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार केन्द्रीय कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले भेटका क्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्त्री मेघवालको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्रीले उक्त भेटघाट सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी दिएका…

पूरा पढ्नुहोस्