हेडलाइन

N.B. Ghimirey

एनबी घिमिरे सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। सिक्किम जनखबर सिक्किमको पहिलो पूर्ण सञ्चालित नेपाली न्युज पोर्टल हो। यसको समानान्तर अङ्ग्रेजी वेबसाइट पनि छ। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

एसआरएम युनिभर्सिटीका सहायक प्राध्यापकविरुद्ध कथित बलात्कारको आरोप, विश्वविद्यालयले गर्‍यो निलम्बित

गान्तोक, २० डिसेम्बर: गान्तोक सदर पुलिस थानाले कथित बलात्कार प्रकरणमा एसआरएम विश्वविद्यालय, सिक्किमका एकजना सहायक प्राध्यापकविरुद्ध मुद्दा दर्ता गरेको छ। पुलिसकाअनुसार उक्त मुद्दा सदर पुलिस थानाअन्तर्गत भारतीय न्याय संहिता (बीएनएस), २०२३ को धारा ६३ र ६४(१) अनुसार दर्ता गरिएको हो। एफआईआरअनुसार हाल गान्तोकमा बस्दै आएकी पश्चिम सिक्किमकी २१ वर्षीया एकजना छात्राले सामाजिक सञ्जालमार्फत अभियुक्तसँग चिनजान…

पूरा पढ्नुहोस्

सिक्किमका १२ समुदायलाई जनजातिको मान्यता दिलाउने सम्बन्धमा बीभी शर्मा समितिको प्रतिवेदन विधानसभाबाट पारित

गान्तोक, १२ डिसेम्बर: सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज आयोजित ११औँ सिक्किम विधानसभाको तेस्रो सत्रको एक दिवसीय विशेष सत्रमा प्रा बीभी शर्मा नेतृत्वको सिक्किम राज्य उच्चस्तरीय समितिको प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा भुजेल, गुरुङ, जोगी, किरात खम्बु राई, किरात देवान (याखा), खस (छेत्री-बाहुन), मगर, नेवार, सन्यासी, सुनुवार (मुखिया), थामी र माझी गरी…

पूरा पढ्नुहोस्

रिक्जिङ दोर्जी भोटियाले दिए सिक्किम डेमोक्रेटिक फ्रन्टबाट राजीनामा

गान्तोक, २१ सेप्टेम्बर: रिक्जिङ नोर्बु दोर्जी भोटियाले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-को प्राथमिक सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले पार्टीको उपाध्यक्ष, प्रवक्ता, विद्यार्थी फ्रन्ट इन्चार्ज (पाकिम, गान्तोक र मङ्गन जिल्ला) तथा युवा इन्चार्जको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यो निर्णय लामो समयको आत्ममन्थनपछि लिएको उनले उल्लेख गरेका…

पूरा पढ्नुहोस्

बर्मेकमा विश्व बाँस दिवस २०२५ को अवसरमा राज्यस्तरीय कार्यशाला सम्पन्न

बर्मेक, १८ सेप्टेम्बर: नाम्ची जिल्लाको बर्मेकस्थित कलेज अफ् हर्टिकल्चरले सिक्किम सरकारको बागवानी विभागसँगको सहकार्यमा विश्व बाँस दिवस २०२५ को अवसरमा राज्यस्तरीय कार्यशालाको आयोजना गर्‍यो। कार्यक्रम नेशनल बेम्बो मिसनको वित्तीय सहयोगमा सम्पन्न भएको थियो। यस कार्यशालामा विधायक तथा सल्लाहकार लोकनाथ शर्मा मुख्य आतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न बोर्डका अध्यक्षहरू, पद्मश्री जोर्डन लेप्चा, स्थानीय जनप्रतिनिधि, विद्यार्थी…

पूरा पढ्नुहोस्

सिक्किममा टेलिकम सेवामा नेपाली भाषा अनिवार्य

गान्तोक, ३ सेप्टेम्बर: भारत सरकारको सञ्चार मन्त्रालयअन्तर्गत टेलिकम विभागले सिक्किम राज्यमा सबै टेलिकम सेवा प्रदायकहरूलाई आफ्ना सेवामा अबदेखि नेपाली भाषा अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको आधिकारिक मेमोरेन्डम अनुसार, अब सिक्किममा सञ्चालन हुने सबै टेलिकम सेवामा इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सिस्टम (IVRS) सन्देश, एसएमएस तथा कल सेन्टर सेवा नेपाली भाषामा पनि उपलब्ध…

पूरा पढ्नुहोस्

कोहिमा, गान्तोक, मुम्बई महिलाहरूका लागि सुरक्षित शहर; पटना, जयपुर सबैभन्दा असुरक्षित : नारी इन्डेक्स २०२५

गान्तोक, ३१ अगस्ट: कोहिमा, विशाखापट्टनम, भुवनेश्वर, ऐजवल, गान्तोक, ईटानगर र मुम्बई महिलाका लागि देशका सबैभन्दा सुरक्षित शहरका रूपमा पाइएका छन् भने पटना, जयपुर, फरीदाबाद, दिल्ली, कोलकाता, श्रीनगर र राँची सबैभन्दा असुरक्षित पाइएका छन्। यो विवरण नारी २०२५ नामक महिला सुरक्षा सूचकाङ्क र वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो। २८ अगस्ट २०२५ मा सार्वजनिक गरिएको सूचकाङ्कअन्तर्गत ३१…

पूरा पढ्नुहोस्

दक्षिण ल्होनाक हिमतालको जलस्तर पुग्यो २०२३-को बाढी अघिकै अवस्थामा, सिक्किममा उच्च जोखिमयुक्त हिमतालहरूको अध्ययन निरन्तर

गान्तोक, ३० अगस्ट: वैज्ञानिक र विशेषज्ञहरूले सिक्किमका सोह्रवटा हिमतालहरूलाई “उच्च जोखिम” वर्गमा राखेका छन्। तीमध्ये दक्षिण ल्होनाक हिमताल र साको छो हिमताल अत्यन्तै खतरनाक मानिएका छन्। अधिकारीहरूले पुष्टि गरेअनुसार दक्षिण ल्होनाक हिमतालको जलस्तर फेरि २०२३ अक्टोबरको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) अघिकै  स्तरमा पुगेको छ।   यो पनि पढ्नुहोस्: उत्तर सिक्किमको साको छो हिमताल…

पूरा पढ्नुहोस्

सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगान बन्ने मार्गमा पारखा; सांसद लेप्चाले गरे स्थलगत निरीक्षण

पारखा, १७ अप्रिल: सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगानको रूपमा स्थापित हुने मार्गमा नाथाङ-माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लिङ्के-पारखा अघि बढिरहेको छ। यहाँ चिया खेती अघिबाटै सुरु भइसकेको छ भने अब चिया प्रशोधन इकाई (Processing Unit) वा कारखाना पनि सुरु हुने भएको छ।

पूरा पढ्नुहोस्

स्टार मल प्रवेश प्रकरणमा गणेश राईसहित सीएपी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो। पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका…

पूरा पढ्नुहोस्

एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ। सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने…

पूरा पढ्नुहोस्