रिक्जिङ दोर्जी भोटियाले दिए सिक्किम डेमोक्रेटिक फ्रन्टबाट राजीनामा
गान्तोक, २१ सेप्टेम्बर: रिक्जिङ नोर्बु दोर्जी भोटियाले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-को प्राथमिक सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले पार्टीको उपाध्यक्ष, प्रवक्ता, विद्यार्थी फ्रन्ट इन्चार्ज (पाकिम, गान्तोक र मङ्गन जिल्ला) तथा युवा इन्चार्जको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यो निर्णय लामो समयको आत्ममन्थनपछि लिएको उनले उल्लेख गरेका…