हेडलाइन

N.B. Ghimirey

एनबी घिमिरे सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। सिक्किम जनखबर सिक्किमको पहिलो पूर्ण सञ्चालित नेपाली न्युज पोर्टल हो। यसको समानान्तर अङ्ग्रेजी वेबसाइट पनि छ। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

पूरा पढ्नुहोस्

गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए। पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको साको छो हिमताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ। अध्ययन टोलीको अर्को उपसमूहले साको छो तालको प्रारम्भिक मूल्याङ्कन…

पूरा पढ्नुहोस्

उत्तर सिक्किममा रहेका हिमतालहरूको खतरा अध्ययन गर्न गएको टोली पुग्यो गुरुदोङमार

मंगन, ६ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत गुरुदोङमार ताल पुगेको छ। हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरको दिन उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राईसहित अन्य पदाधिकारीहरूले लिए सपथ

पाकिम, ४ सेप्टेम्बर: सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राई, उपाध्यक्ष पूर्णप्रसाद शर्मालगायत सङ्घको निर्देशक मण्डलीका सदस्यहरूले आफ्नो पदको शपथ लिएका छन्। बुधबार पाकिम जिल्लाअन्तर्गत सिक्किम राज्य सहकारी सङ्घको कार्यलय परिसरमा स्थित प्रेक्षागृहमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम सरकारको सहकारिता विभागकी सचिव ग्लोरिया नाम्छुले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा सङ्घका नवनिर्वाचित…

पूरा पढ्नुहोस्

सीएपीले माग्यो कर्मचारीहरूको स्थायीकरण प्रक्रियामा विधायकको सिफारिस अनिवार्य नरहने विषयमा स्पष्टीकरण

गान्तोक, ४ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमका प्रमुख समन्वयक गणेश राईको नेतृत्वमा पार्टीको प्रतिनिधि टोलीले बुधबार मुख्यसचिवसँग भेट गरेर कर्मचारीहरूको स्थायीकरण प्रक्रियामा विधायकको सिफारिस अनिवार्य छैन भनेर स्पष्टीकरण दिँदै सरकारले ७२ घण्टाभित्रमा सर्कुलर जारी गर्नुपर्ने माग गरेको छ। विधायकको सिफारिस माग्नु नागरिकहरूको मौलिक अधिकारको उल्लङ्घन हो भन्दै पार्टीले त्यस्तो प्रक्रियालाई असंवैधानिक बताएको छ। सिक्किम सरकारले २०२४-को…

पूरा पढ्नुहोस्

खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानमा पाकिम जिल्ला; बाँझो जमिन खन्दै सरकारी कर्मचारी

पाकिम, ३ सेप्टेम्बर: “जमिनदारहरूसँग हामी खुसी छैनौँ। हामीले कोसिस गर्‍यौँ। तर मेरो जमिन बाँझो छ त, सरकार र विभागलाई के खाँचो पर्‍यो भन्नुभयो। समय आउँछ, सिक्किममा जमिनका लागि कानुन बन्नुपर्छ। जसले पाखुरा चलाउँछ, उसले त्यो बाँझो जमिनबाट राष्ट्रका लागि अन्न उत्पादन गर्न पाउनुपर्छ। अन्न उत्पादन गर्नु भनेको आफ्नो भुँडी मात्रै भर्नु होइन। जमिन धेरै हुनेहरूले…

पूरा पढ्नुहोस्

हिमतालको खतरा अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली पुग्यो तेनचुङ्खा ताल

मंगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज लाचुङको १५,७०० फिट उचाइमा रहेको तेनचुङ्खा हिमतालमा पुगेको छ। टोली लाचुङ जुम्साको साथमा गएको थियो। भ्रमण अघि स्थानीय लाचेनका भिक्षुहरूले कम्तिमा चारवटा स्थानमा आध्यात्मिक र परम्परागत प्रार्थना गरेको बताइएको छ। भ्रमणअघि आयोजित पूर्व प्रस्थान…

पूरा पढ्नुहोस्

अक्टोबरदेखि सुरु हुने पाकिम विमानस्थलबाट कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा

पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्। इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो…

पूरा पढ्नुहोस्