N.B. Ghimirey

एनबी घिमिरे सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। सिक्किम जनखबर सिक्किमको पहिलो पूर्ण सञ्चालित नेपाली न्युज पोर्टल हो। यसको समानान्तर अङ्ग्रेजी वेबसाइट पनि छ। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष

गान्तोक, २७ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो। सभा आसाम लिङ्जेस्थित कार्यालयमा आयोजन भएको थियोे। सभाले सिकोनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नका साथै नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गरेको छ। सभामा संस्थाका…

पूरा पढ्नुहोस्

नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेटे मुख्यमन्त्रीलाई

गान्तोक, २७ अगस्ट: नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका गरेका छन्। मंगलबार नयाँ दिल्लीस्थित सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके-म्याक्स (BLK-MAX) सुपर स्पेशालिटी अस्पतालमा सेवारत नर्सहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्। मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीहरूमाथि गर्व र प्रशंसा व्यक्त गरेका छन्। उनले भने, “हाम्रा स्वास्थ्य सेवा पेशेवरहरूले राजधानीमा अमूल्य…

पूरा पढ्नुहोस्

कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट भाजपाले गऱ्यो आफूलाई अलग

भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ।  भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘भाजपा रनौतको भनाइसँग असहमति…

पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा

गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको…

पूरा पढ्नुहोस्

पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग

पाकिम, २५ अगस्ट: भारत–चीन सीमामा पर्ने नाथाङ माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पारखा गाउँमा व्यापक रूपमा चिया खेती सुरु भएको छ। एक महिनाअघि क्षेत्र विधायक पामिन लेप्चाले यसको आरम्भ गरेकी थिइन्। त्यसैगरी आइतबार पूर्व विधायक तथा वर्तमान राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले उक्त क्षेत्रको भ्रमण गरी स्थानीयहरूलाई चिया खेतीमा सहभागी हुन प्रोत्साहित गरेका छन्। अहिलेसम्म ४० परिवारले…

पूरा पढ्नुहोस्

इन्डिया टुडेको सर्वेक्षणअनुसार गृहराज्यमा पीएस तामाङ ‘सबैभन्दा लोकप्रिय मुख्यमन्त्री’

गान्तोक, २३ अगस्ट: इन्डिया टुडे ‘मुड अफ द नेशन २०२४’ सर्वेक्षण अनुसार मुख्यमन्त्री प्रेमसिहं तामाङ आफ्नो गृह राज्यभित्र भारतमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा चिनिएको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शुक्रबार साझा गरेको छ। मुख्यमन्त्री तामाङ ५५.७-को उत्कृष्ट लोकप्रियता मूल्याङ्कनका साथ सूचीमा अग्रणी छन् जसले उनलाई देशको शीर्ष-रेट गरिएको मुख्यमन्त्री बनाएको छ, एसकेएमले एउटा प्रेस विज्ञप्तिमा बताएको…

पूरा पढ्नुहोस्

सिक्किमको उच्च जोखिममा रहेका हिमनदी तालहरू अध्ययन गर्न बहु-अनुशासनात्मक टोलीको अभियान

गान्तोक, २३ अगस्ट: एउटा बहु-अनुशासनात्मक टोलीले आगामी २८ अगस्टदेखि १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा उच्च जोखिममा रहेका हिमनदी ताल (Glacial Lakes)-हरूको विस्तृत संवेदनशीलता अध्ययन गर्ने तयारी गरेको छ। हिमनदी ताल संवेदनशीलता अध्ययन र सामुदायिक पहुँचको यो संयुक्त अभियान सिक्किम सरकारको भूराजस्व एवम् आपदा व्यवस्थापन विभागअन्तर्गत सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण (SSDMA)-ले गर्ने भएको छ। ३२-जना सदस्यको…

पूरा पढ्नुहोस्

यसपालिको बजेट निराशाजनक छ, सरकारले राज्यलाई ऋणमा डुबाउने काम गरेको छ: गणेश राई

गान्तोक, ९ अगस्ट: सिक्किम क्रान्तिकारी मोर्चाको सरकारले पारित गरेको वर्ष २०२४-२५-को बजेट निराशाजनक रहेको सिटिजन एक्सन पार्टी-सिक्किमका प्रमुख समन्वयक गणेश राईले बताएका छन्। वर्तमान सरकारले राज्यलाई ऋणमा डुबाएको यस बजेटले स्पष्ट भएको राईले आरोप लगाएका छन्। यसपटक सरकारले १४,४९०.६७ करोड रुपियाँको आम बजेट पारित गरेको छ। २०१८-१९-मा सिक्किमको बजेट ६९४० करोड मात्रै थियो भन्दै पाँच वर्षमा…

पूरा पढ्नुहोस्

सिक्किमका नयाँ राज्यपालका रूपमा ओम प्रकाश माथुरले लिए शपथ

गान्तोक, ३१ जुलाई: भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुरले सिक्किमको १८औँ राज्यपालको रूपमा शपथ लिएका छन्। बुधबार उनलाई राजभवनमा आयोजित एउटा कार्यक्रमबीच सिक्किम उच्च न्यायलयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा शेर्पाको लगायत अन्यको उपस्थिति रहेको थियो।…

पूरा पढ्नुहोस्