हेडलाइन

N.B. Ghimirey

एनबी घिमिरे सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। सिक्किम जनखबर सिक्किमको पहिलो पूर्ण सञ्चालित नेपाली न्युज पोर्टल हो। यसको समानान्तर अङ्ग्रेजी वेबसाइट पनि छ। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

यसपालिको बजेट निराशाजनक छ, सरकारले राज्यलाई ऋणमा डुबाउने काम गरेको छ: गणेश राई

गान्तोक, ९ अगस्ट: सिक्किम क्रान्तिकारी मोर्चाको सरकारले पारित गरेको वर्ष २०२४-२५-को बजेट निराशाजनक रहेको सिटिजन एक्सन पार्टी-सिक्किमका प्रमुख समन्वयक गणेश राईले बताएका छन्। वर्तमान सरकारले राज्यलाई ऋणमा डुबाएको यस बजेटले स्पष्ट भएको राईले आरोप लगाएका छन्। यसपटक सरकारले १४,४९०.६७ करोड रुपियाँको आम बजेट पारित गरेको छ। २०१८-१९-मा सिक्किमको बजेट ६९४० करोड मात्रै थियो भन्दै पाँच वर्षमा…

पूरा पढ्नुहोस्

सिक्किमका नयाँ राज्यपालका रूपमा ओम प्रकाश माथुरले लिए शपथ

गान्तोक, ३१ जुलाई: भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुरले सिक्किमको १८औँ राज्यपालको रूपमा शपथ लिएका छन्। बुधबार उनलाई राजभवनमा आयोजित एउटा कार्यक्रमबीच सिक्किम उच्च न्यायलयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा शेर्पाको लगायत अन्यको उपस्थिति रहेको थियो।…

पूरा पढ्नुहोस्