रणभूमि पर्यटन सूचीमा सिक्किमको डोकलाम, छोला र नाथुला : अक्टोबरदेखि डोकलाम पर्यटकका लागि खुल्ने
गान्तोक, ३० अगस्ट: भारत सरकारको रणभूमि पर्यटन गन्तव्य पहलअन्तर्गत घोषणा गरिएको १०० नयाँ पर्यटकीय स्थलमा सिक्किमका तीनवटा महत्त्वपूर्ण स्थल नाथुला, छोला र डोकलाम पनि समावेश छन्। नाथुला अघिबाटै पर्यटकहरूका लागि खुल्ला छ भने अब सरकारले छोला र डोकलाममा पनि पर्यटन प्रवेशको अनुमति दिने भएको छ। विशेषगरी भारत–चीन–भुटानको त्रिजङ्क्सन (Tri-Junction) क्षेत्रमा अवस्थित डोकलामलाई पर्यटकका लागि खोल्ने…