मुख्यमन्त्री तामाङले गरे विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट पेश
गान्तोक, ५ अगस्ट: राज्यका मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले सोमबार विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट प्रस्तुत गरे। चार दिने बजेट सत्रको पहिलो दिन मुख्यमन्त्रीले राज्यको बजेट प्रस्तुत गर्दै यो बजेट वर्ष २०१८-१९- को तुलनामा १०९ प्रतिशत अधिक रहेको बताए। मुख्यमन्त्री तामाङले सदनमा बजेट सम्बोधन राख्दै सिक्किमले प्रजातन्त्र पाएको…