सीएपीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न; १४ सेप्टेम्बरसम्ममा नयाँ अध्यक्षको नाम घोषणा गरिने
गान्तोक, ७ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले आज केन्द्रीय कार्यकारिणी समितीको बैठक अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न गर्यो। बैठकमा मुख्य संयोजक गणेशकुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्लेलगायत समस्त केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीले पार्टीको “कार्यकर्ता मार्गदर्शन”को विधिवत विमोचन गरेको छ भने आजदेखि पार्टीको सदस्यता नविकरण पनि सुरु गरेको छ।…