फेस्बुक, युट्युबसहित अनुमतिबिना सञ्चालन भइरहेका २६ सामाजिक सञ्जाल तत्काल बन्द गर्ने नेपाल सरकारको निर्णय
गान्तोक, ४ सेप्टेम्बर: नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल तत्कालै बन्द गर्ने निर्णय गरेको छ। नेपालको सर्वोच्च अदालतले दिएको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार औपचारिक निर्णय लिएको हो। मन्त्रालयकाअनुसार, आजदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सम्बन्धित सञ्जालहरू बन्द गरिनेछ। बिहीबार मन्त्रालयमा बसेको बैठकले…