हेडलाइन

मुख्यमन्त्री तामाङले जनाए प्रि–बजेट बैठकमा सहभागी, राज्यका विकास प्राथमिकतामाथि जोड

गान्तोक, ११ जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित प्रि–बजेट बैठकमा सहभागिता जनाएका छन्। उक्त बैठकमा केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरी, विभिन्न राज्यका मुख्यमन्त्री तथा वित्त मन्त्रीहरू, साथै केन्द्रीय र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकका क्रममा मुख्यमन्त्रीले साना सीमावर्ती राज्यको रूपमा रहेको सिक्किमका विशिष्ट भौगोलिक र रणनीतिक…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग शिष्टाचार भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्री तामाङले सिक्किमवासीको तर्फबाट उपराष्ट्रपतिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपति राधाकृष्णनलाई निकट भविष्यमै सिक्किम भ्रमण गर्न हार्दिक निमन्त्रणा समेत दिएका छन्।

पूरा पढ्नुहोस्

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे नयाँ दिल्लीमा भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन्। उनले नितिन नवीनलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। यसका साथै, उनले राम्रो स्वास्थ्य, सफलता र…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय कानुन तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालसँग नयाँ भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार केन्द्रीय कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले भेटका क्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्त्री मेघवालको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्रीले उक्त भेटघाट सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी दिएका…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री किरण रिजिजुसँग गरे भेट

गान्तोक, ७ जनवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट साझा गर्दै केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले भेटका क्रममा आपसी चासोका विषयहरूमा सौहार्दपूर्ण तथा अर्थपूर्ण…

पूरा पढ्नुहोस्

भाजपा सिक्किमद्वारा सिङ्ताममा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना

गान्तोक, ७ जनवरी: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले सिङ्ताममस्थित पार्टी कार्यालयमा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना गर्‍यो, जसमा राज्यभरिका वरिष्ठ नेता तथा पार्टी पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आसामका पूर्व लोकसभा सांसद डा राजदीप रोय, राष्ट्रिय प्रवक्ता सरदार आरपी सिंह, प्रदेश अध्यक्ष डीआर थापा साथै राज्य पदाधिकारी, मोर्चा पदाधिकारी, जिल्ला अध्यक्ष, महासचिव तथा मण्डल अध्यक्षहरू उपस्थित…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको नागा-टुङ सडक पुनः सञ्चालनमा

गान्तोक, १ जनवरी: सीमा सडक संगठन (बिआरओ) ले उत्तर सिक्किमको नागा-टुङ सडक खण्ड औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सन् २०२३ अक्टोबरमा आएको हिमताल विस्फोट बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको यो सडक पुनः सञ्चालनमा आउँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत मिलेको छ। बाढीपछि महिनौँसम्म अवरुद्ध बनेको यस महत्वपूर्ण…

पूरा पढ्नुहोस्

सिक्किमका १२ समुदायलाई जनजातिको मान्यता दिलाउने सम्बन्धमा बीभी शर्मा समितिको प्रतिवेदन विधानसभाबाट पारित

गान्तोक, १२ डिसेम्बर: सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज आयोजित ११औँ सिक्किम विधानसभाको तेस्रो सत्रको एक दिवसीय विशेष सत्रमा प्रा बीभी शर्मा नेतृत्वको सिक्किम राज्य उच्चस्तरीय समितिको प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा भुजेल, गुरुङ, जोगी, किरात खम्बु राई, किरात देवान (याखा), खस (छेत्री-बाहुन), मगर, नेवार, सन्यासी, सुनुवार (मुखिया), थामी र माझी गरी…

पूरा पढ्नुहोस्

रेल राज्यमन्त्रीसँग सांसद सुब्बाले गरे भेट, सिक्किमको रेल पूर्वाधारबारे गरे छलफल

गान्तोक,२१ सेप्टेम्बर: सिक्किमका संसद डा इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा रेल राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग भेट गरी सिक्किममा रेल सम्पर्क सम्बन्धी विषयमा छलफल गरेका छन्। डा सुब्बाले मल्ली-देन्ताम प्रस्तावित रेल लिंकको फाइनल लोकेसन सर्वे (FLS)-को विषयमा जानकारी गराएका थिए। यो सर्वेक्षण, रेलमन्त्री अश्विनी वैष्णवलाई गरेको अघिल्लो अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको हो। यो परियोजना पहुँच सुधार…

पूरा पढ्नुहोस्

सिक्किमले जनायो देशव्यापी ‘सेवा पख्वाडा’ अभियानमा सहभागिता

गान्तोक, १७ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा विश्वकर्मा जयन्तीको अवसरमा सुरु गरिएको देशव्यापी सेवा पख्वाडा अभियानमा आज सिक्किमले पनि सहभागिता जनाएको छ। उक्त कार्यक्रम स्वर्ण जयन्ती मैत्रेय मञ्जरी उत्सव प्लाजामा आयोजित गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङसहित अन्यको उपस्थिति रहेको थियो। सेवा पख्वाडा १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ, जसमा सार्वजनिक…

पूरा पढ्नुहोस्