सिक्किममा टेलिकम सेवामा नेपाली भाषा अनिवार्य
गान्तोक, ३ सेप्टेम्बर: भारत सरकारको सञ्चार मन्त्रालयअन्तर्गत टेलिकम विभागले सिक्किम राज्यमा सबै टेलिकम सेवा प्रदायकहरूलाई आफ्ना सेवामा अबदेखि नेपाली भाषा अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको आधिकारिक मेमोरेन्डम अनुसार, अब सिक्किममा सञ्चालन हुने सबै टेलिकम सेवामा इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सिस्टम (IVRS) सन्देश, एसएमएस तथा कल सेन्टर सेवा नेपाली भाषामा पनि उपलब्ध…