सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

प्रधानमन्त्री मोदीले गरे रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन्। दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ।  यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्,  ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो। हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्‍यौ।’  यस क्रममा दुबैले…

पूरा पढ्नुहोस्

कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट भाजपाले गऱ्यो आफूलाई अलग

भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ।  भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘भाजपा रनौतको भनाइसँग असहमति…

पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा

गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट; राखे स्वास्थ्य सेवा पूर्वाधारका लागि सहयोगको माग

गान्तोक, २५ अगस्ट: राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग भेट गरेका छन्। यस भेटघाटको अवसरमा हालै केन्द्रिय मन्त्रीको रूपमा नियुक्त भएका सिन्धियालाई मुख्यमन्त्री तामाङले बधाई दिएका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्री समक्ष मंगन र नाम्ची जिल्लाका जिल्ला अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेज निर्माणका…

पूरा पढ्नुहोस्

इन्डिया टुडेको सर्वेक्षणअनुसार गृहराज्यमा पीएस तामाङ ‘सबैभन्दा लोकप्रिय मुख्यमन्त्री’

गान्तोक, २३ अगस्ट: इन्डिया टुडे ‘मुड अफ द नेशन २०२४’ सर्वेक्षण अनुसार मुख्यमन्त्री प्रेमसिहं तामाङ आफ्नो गृह राज्यभित्र भारतमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा चिनिएको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शुक्रबार साझा गरेको छ। मुख्यमन्त्री तामाङ ५५.७-को उत्कृष्ट लोकप्रियता मूल्याङ्कनका साथ सूचीमा अग्रणी छन् जसले उनलाई देशको शीर्ष-रेट गरिएको मुख्यमन्त्री बनाएको छ, एसकेएमले एउटा प्रेस विज्ञप्तिमा बताएको…

पूरा पढ्नुहोस्

सिक्किममा भूकम्प, दार्जिलिङलगायत पूर्वी नेपालसम्म धक्का

सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा…

पूरा पढ्नुहोस्

आकस्मिक वर्षापछि आएको बाढीका कारण हिमाचल प्रदेशमा ५० जनाभन्दा बढी बेपत्ता

सिमला, १ अगस्ट: हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन्। सिमलाको रामपुर तहसिल, मन्डी जिल्लाको पधार तहसिल र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपतपछि राष्ट्रिय विपत् व्यवस्थापन बल (एसडिआरएफ),…

पूरा पढ्नुहोस्

बिहार घुम्न गएकी सिक्किमकी युवतीमाथि सामुहिक बलात्कार; दुवै आरोपी पक्राउ

गान्तोक, ७ जून: सिक्किमकी एक युवतीलाई बिहारको किशनगञ्ज सदर थाना क्षेत्र स्थित एउटा लजमा बुधबार बिहान दुई युवकले सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ। घटनाको उजुरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपी अरहान अख्तर किशनगञ्जको बहादुरगञ्जका र अमजद हुसेन अररियाका बासिन्दा हुन्। प्रहरीले पीडितको बयानका आधारमा एफआईआर दर्ता गरेको…

पूरा पढ्नुहोस्

दिल्लीमा सिक्किमकी युवतीमाथि रडले प्रहार; आरोपी पक्राउ

दिल्ली, ६ फरवरी सिक्किमकी एक युवतीलाई दिल्लीमा एक व्यक्तिले रडले हिर्काएर शरीरमा तातो दाल खन्याइदिएको जानकारी प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अभियुक्त र पीडित दुवै सँगै बस्ने गरेका थिए। हाल प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। राष्ट्रिय सञ्चारमाध्यमहरूबाट थाहा लागेअनुसार आरोपीको नाम पारस हो। आरोपी पारसले पीडित युवतीलाई फेसबुकमा साथी बनाएर जागिरको बहानामा…

पूरा पढ्नुहोस्