हेडलाइन

जेमा नदीमा बनियो पुल: लाचेनदेखि चीन सिमानासँग महत्त्वपूर्ण रणनीतिक सडक सम्पर्क बहाल गर्न सीमा सडक सङ्गठन सफल

मंगन, १८ सेप्टेम्बर: गत वर्षको ३ र ४ अक्टोबरमा गएको टिस्टा बाढीका कारण उत्तर सिक्किममा स्थित अन्तर्राष्ट्रिय सीमासम्म पुग्ने सडक सम्पर्कमा धेरै समस्या भइरहेको थियो भने अहिले सीमा सडक सङ्गठन (बीआरओ) यो सम्पर्क पुनस्थापित गर्नमा सफल भएको छ। परिस्थितिको गम्भीरतालाई महसुस गर्दै स्वस्तिक परियोजनाअन्तर्गत बीआरओका कार्यकर्ताहरू जेमा नदीमा नयाँ बेली ब्रिज निर्माण गर्न लागिपरेका थिए…

पूरा पढ्नुहोस्

कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

डोनर मन्त्रालयले सिक्किमको स्वास्थ क्षेत्रको विकासका लागि गर्‍यो ३२६ करोड रुपियाँ स्वीकृत

गान्तोक, ६ सेप्टेम्बर: उत्तर पूर्वी क्षेत्रको विकास मन्त्रालय (डोनर) ले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राखेका तीनवटा महत्त्वपूर्ण मागहरूलाई स्वीकृत गरेको छ। सिक्किम भ्रमणमा रहेका केन्द्रीय सञ्चार र डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रबार मुख्यमन्त्री र विभागीय प्रमुखहरूसँग जारी परियोजनाहरूको समीक्षा गर्न र राज्यको भविष्यको विकास योजनाहरूबारे छलफल गर्न महत्त्वपूर्ण बैठक गरेका थिए। शुक्रबार गान्तोकस्थित सम्मान भवनमा…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्

भारत सरकार, त्रिपुरा सरकार, अनि एनएलएफटी र एटीटीएफ बीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली, ४ सेप्टेम्बर: केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) अनि अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ)-को बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीको शान्तिपूर्ण, समृद्ध र ऊग्रवाद मुक्त पूर्वोत्तरको सपनालाई पूरा गर्न महत्वपूर्ण कोसेढुङ्गा मानिएको…

पूरा पढ्नुहोस्

अक्टोबर दोस्रो हप्तादेखि पाकिमबाट हवाई सेवा सञ्चालन हुन सक्ने सम्भावना, अन्तर्राष्ट्रिय सेवाका लागि पनि चलिरहेको छ तयारी

पाकिम, २ सेप्टेम्बरः पाकिमबाट नयाँ दिल्ली र कोलकता बाहेक हैदरावाद, बैंगलोर र गुवाहाटीको सेवा चाँडै सञ्चालन गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रूपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरले पनि पाकिममा सेवा सुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्। एक दिनमा लगभग एक…

पूरा पढ्नुहोस्

तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, २७ जनाको मृत्यु

नयाँ दिल्ली, २ सेप्टेम्बर: तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ। जसका कारण अहिलेसम्म लगभग २७ जनाको मृत्यु भएको छ भने बाढीका कारण धेरै क्षेत्र प्रभावित बनेका छन्। भारी वर्षाका कारण रेल र बस सेवा प्रभावित भएका छन्। दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ।…

पूरा पढ्नुहोस्

अक्टोबरदेखि सुरु हुने पाकिम विमानस्थलबाट कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा

पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्। इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो…

पूरा पढ्नुहोस्

सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

प्रधानमन्त्री मोदीले गरे रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन्। दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ।  यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्,  ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो। हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्‍यौ।’  यस क्रममा दुबैले…

पूरा पढ्नुहोस्