कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट भाजपाले गऱ्यो आफूलाई अलग
भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ। भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘भाजपा रनौतको भनाइसँग असहमति…