कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ उपन्यासलाई

सुकुना, ७ सेप्टेम्बर: सुकुना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र कीर्तिलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासका लागि प्रदान गरिने निश्चित गरेको छ। यो पुरस्कार युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित…

पूरा पढ्नुहोस्

डोनर मन्त्रालयले सिक्किमको स्वास्थ क्षेत्रको विकासका लागि गर्‍यो ३२६ करोड रुपियाँ स्वीकृत

गान्तोक, ६ सेप्टेम्बर: उत्तर पूर्वी क्षेत्रको विकास मन्त्रालय (डोनर) ले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राखेका तीनवटा महत्त्वपूर्ण मागहरूलाई स्वीकृत गरेको छ। सिक्किम भ्रमणमा रहेका केन्द्रीय सञ्चार र डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रबार मुख्यमन्त्री र विभागीय प्रमुखहरूसँग जारी परियोजनाहरूको समीक्षा गर्न र राज्यको भविष्यको विकास योजनाहरूबारे छलफल गर्न महत्त्वपूर्ण बैठक गरेका थिए। शुक्रबार गान्तोकस्थित सम्मान भवनमा…

पूरा पढ्नुहोस्

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्

भारत सरकार, त्रिपुरा सरकार, अनि एनएलएफटी र एटीटीएफ बीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली, ४ सेप्टेम्बर: केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) अनि अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ)-को बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीको शान्तिपूर्ण, समृद्ध र ऊग्रवाद मुक्त पूर्वोत्तरको सपनालाई पूरा गर्न महत्वपूर्ण कोसेढुङ्गा मानिएको…

पूरा पढ्नुहोस्

कालेबुङकी श्रेयशी तामाङले प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा जितिन् रजत पदक

कालेबुङ, ४ सेप्टेम्बर: कालेबुङी १५ वर्षीय श्रेयशी तामाङले २४ देखि २८ अगस्ट लेह लद्दाखमा भएको एफएआई २ प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्व कपमा महिला विधामा रजत पदक जितेकी थिइन्। १०९ प्रतियोगीहरूमध्ये उनी सबैभन्दा कम उमेरकी सहभागी थिइन्। उनले आफ्नो उत्कृष्ट उपलब्धिका लागि पुरस्कार राशि ५०० डलर प्राप्त गरेकी छन्। प्रतियोगितामा उनी १४,४०० फिटको उचाइमा उडेकी थिइन्। १३…

पूरा पढ्नुहोस्

अक्टोबर दोस्रो हप्तादेखि पाकिमबाट हवाई सेवा सञ्चालन हुन सक्ने सम्भावना, अन्तर्राष्ट्रिय सेवाका लागि पनि चलिरहेको छ तयारी

पाकिम, २ सेप्टेम्बरः पाकिमबाट नयाँ दिल्ली र कोलकता बाहेक हैदरावाद, बैंगलोर र गुवाहाटीको सेवा चाँडै सञ्चालन गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रूपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरले पनि पाकिममा सेवा सुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्। एक दिनमा लगभग एक…

पूरा पढ्नुहोस्

सिक्किम ब्याडमिन्टन टोली नर्थ इस्ट जोन इन्टर-स्टेट ब्याडमिन्टन च्याम्पियनशिपका लागि तयार

गान्तोक, २ सेप्टेम्बर: सिक्किम ब्याडमिन्टन टोली नर्थ इस्ट जोन इन्टर-स्टेट ब्याडमिन्टन च्याम्पियनशिप २०२४-मा आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि तयार रहेको बताइएको छ। ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया र असम ब्याडमिन्टन एसोसिएसनद्वारा आयोजना गरिने यो प्रतिष्ठित टूर्नामेन्ट असमको गुवाहाटीमा आगामी ७ सेप्टेम्बरदेखि १० सेप्टेम्बरसम्म हुनेछ। यस च्याम्पियनसिपमा अण्डर-१३, अन्डर-१९ लगायत विभिन्न उमेर समूहरूलाई प्रतिनिधित्व गर्ने सिक्किमका कुल…

पूरा पढ्नुहोस्

तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, २७ जनाको मृत्यु

नयाँ दिल्ली, २ सेप्टेम्बर: तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ। जसका कारण अहिलेसम्म लगभग २७ जनाको मृत्यु भएको छ भने बाढीका कारण धेरै क्षेत्र प्रभावित बनेका छन्। भारी वर्षाका कारण रेल र बस सेवा प्रभावित भएका छन्। दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ।…

पूरा पढ्नुहोस्