रिक्जिङ दोर्जी भोटियाले दिए सिक्किम डेमोक्रेटिक फ्रन्टबाट राजीनामा

गान्तोक, २१ सेप्टेम्बर: रिक्जिङ नोर्बु दोर्जी भोटियाले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-को प्राथमिक सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले पार्टीको उपाध्यक्ष, प्रवक्ता, विद्यार्थी फ्रन्ट इन्चार्ज (पाकिम, गान्तोक र मङ्गन जिल्ला) तथा युवा इन्चार्जको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यो निर्णय लामो समयको आत्ममन्थनपछि लिएको उनले उल्लेख गरेका…

पूरा पढ्नुहोस्

सिक्किममा संविधान हत्या दिवस मनाइयो, आपतकाल घोषणा भएको ५० वर्ष पूरा

गान्तोक, २५ जून: भारतभर आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा सिक्किममा पनि ‘संविधान हत्या दिवस’ आज विभिन्न कार्यक्रमसहित मनाइएको छ। मुख्य कार्यक्रम गान्तोकस्थित मानन केन्द्रमा आयोजना गरिएको थियो, जसमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार, यो दिवस राज्यका सबै जिल्ला, विद्यालय र महाविद्यालयहरूमा पनि मनाइएको छ।…

पूरा पढ्नुहोस्

स्टार मल प्रवेश प्रकरणमा गणेश राईसहित सीएपी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो। पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका…

पूरा पढ्नुहोस्

एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ। सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने…

पूरा पढ्नुहोस्

सिक्किममा भारतीय जनता पार्टीको ४६औँ स्थापना दिवस पालन

सिङ्ताम, ६ अप्रिल: सिङ्ताममा भारतीय जनता पार्टीले आफ्नो ४६औं स्थापना दिवस मनाएको छ। कार्यक्रम सिङ्तामस्थित पार्टी मुख्यालयमा सिक्किम प्रदेश भाजपाले आयोजना गरेको थियो। कार्यक्रममा भमजपाका सिक्किम प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापा, पार्टीका शीर्ष पदाधिकारीहरू र कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टी कुनै एक व्यक्ति वा नेताको सोचमा आधारित…

पूरा पढ्नुहोस्

नयाँ विश्वविद्यालयमाथि कोमल चामलिङको प्रश्नपछि एसकेएमको उत्तर – “पूर्व मुख्यमन्त्रीले सरकारी खर्चमा छोरीलाई हार्वर्ड पढाएजस्तो होइन”

गान्तोक, २८ मार्च: सिक्किम विधानसभाको बजेट अधिवेशन २०२५-२६ शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसको स्वागत गरेको छ। एसकेएम प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको शिक्षा, स्वास्थ्य र समग्र विकासलाई केन्द्रमा राखेर विधानसभामा पारित प्रस्तावहरूलाई जनहितकारी भएको बताएका छन्। साथै, विपक्षीप्रति प्रहार गर्दै उनीहरूले गरिरहेको नयाँ विश्वविद्यालयहरूको विरोधलाई ‘दुर्भाग्यपूर्ण’…

पूरा पढ्नुहोस्

सांसद बिष्टले संसदमा उत्तर बङ्गालमा एम्स स्थापनाको गरे माग

दार्जिलिङ, २७ मार्च: दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले संसदमा उत्तर बङ्गालको सरकारी स्वास्थ्य सेवाबारे गम्भीर प्रश्न उठाउँदै सिलगढीमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) स्थापनाको माग गरेका छन्। उनले उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, आलिपुरद्वार, जलपाइगढी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाका करिब आठ करोड जनसङ्ख्या अझै पनि आधारभूत स्वास्थ्य सुविधाको अभावमा सङ्घर्षरत रहेको औँल्याए।…

पूरा पढ्नुहोस्

२ अप्रिलमा दिल्लीमा त्रिपक्षीय वार्ता, सांसद राजु विष्टले जनाए सकारात्मक अपेक्षा

दार्जिलिङ, २६ मार्च: आगामी २ अप्रिलमा नयाँ दिल्लीमा त्रिपक्षीय वार्ता आयोजना हुने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। उनले गृह मन्त्रालयले केन्द्र सरकार, दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका सबै सरोकारवालाहरू तथा पश्चिम बंगाल सरकार सम्मिलित दोस्रो चरणको त्रिपक्षीय वार्ता गराउने जानकारी दिएका छन्। वार्ता २ अप्रिल, २०२५-का दिन बिहान ११ बजे, नयाँ दिल्लीको नर्थ…

पूरा पढ्नुहोस्

उपचुनाउका लागि एसकेएम उम्मेदवारको नाम घोषणा: सोरेङ च्याखुङमा आदित्य गोले र नाम्ची सिङ्गिथाङमा सतिशचन्द्र राई

गान्तोक, २० अक्टोबर: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले आज एउटा प्रेस सम्मेलन गरेर आधिकारिक रूपमा आगामी उपचुनाउका लागि सोरेङ-च्याखुङको उम्मेदवारको रूपमा आदित्य गोले तामाङ र नाम्ची-सिङ्गिथाङको उम्मेदवारको रूपमा सतिशचन्द्र राईको नाम घोषणा गरेको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तमाङका राजनैतिक सचिव जेकब खालिङले पार्टीको उक्त घोषणा सार्वजनिक गरेका हुन्। एसकेएमको संसदीय बोर्डले मुख्यमन्त्रीलाई आफ्नो रिपोर्ट आज…

पूरा पढ्नुहोस्

गणेशकुमार राई बने सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष

गान्तोक, १४ सेप्टेम्बर: गणेशकुमार राई सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष बनेका छन्। आज पार्टी मुख्यालय अदमपुलमा पार्टीका निवर्तमान अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा उच्चस्तरीय सभा सम्पन्न भएको थियो भने गत ७ सेप्टेम्बर २०२४-को दिन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदले लिएको निर्णयअनुसार पार्टी अध्यक्षले आज पार्टीका सम्पूर्ण कार्यकारिणी समिति, सिइसीको अनुमतिमा विघटन गरेका थिए। पार्टी अध्यक्षले नयाँ अध्यक्षका…

पूरा पढ्नुहोस्