हेडलाइन

सिक्किमले जनायो देशव्यापी ‘सेवा पख्वाडा’ अभियानमा सहभागिता

गान्तोक, १७ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा विश्वकर्मा जयन्तीको अवसरमा सुरु गरिएको देशव्यापी सेवा पख्वाडा अभियानमा आज सिक्किमले पनि सहभागिता जनाएको छ। उक्त कार्यक्रम स्वर्ण जयन्ती मैत्रेय मञ्जरी उत्सव प्लाजामा आयोजित गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङसहित अन्यको उपस्थिति रहेको थियो। सेवा पख्वाडा १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ, जसमा सार्वजनिक…

पूरा पढ्नुहोस्

सिक्किममा टेलिकम सेवामा नेपाली भाषा अनिवार्य

गान्तोक, ३ सेप्टेम्बर: भारत सरकारको सञ्चार मन्त्रालयअन्तर्गत टेलिकम विभागले सिक्किम राज्यमा सबै टेलिकम सेवा प्रदायकहरूलाई आफ्ना सेवामा अबदेखि नेपाली भाषा अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको आधिकारिक मेमोरेन्डम अनुसार, अब सिक्किममा सञ्चालन हुने सबै टेलिकम सेवामा इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सिस्टम (IVRS) सन्देश, एसएमएस तथा कल सेन्टर सेवा नेपाली भाषामा पनि उपलब्ध…

पूरा पढ्नुहोस्

सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ प्रदान गरिने

गान्तोक, ३१ अगस्ट: सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरिएको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा सङ्कायमा अधिकारीको रूपमा कार्यरत साहित्यकार राईलाई यो पुरस्कार काव्यध्वनि असमद्वारा प्रदान गर्ने भएको हो। काव्यध्वनि असमले स्थापित गरेको यो पुरस्कार प्रत्येक वर्ष साहित्य, संस्कृति र कविता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई…

पूरा पढ्नुहोस्

कोहिमा, गान्तोक, मुम्बई महिलाहरूका लागि सुरक्षित शहर; पटना, जयपुर सबैभन्दा असुरक्षित : नारी इन्डेक्स २०२५

गान्तोक, ३१ अगस्ट: कोहिमा, विशाखापट्टनम, भुवनेश्वर, ऐजवल, गान्तोक, ईटानगर र मुम्बई महिलाका लागि देशका सबैभन्दा सुरक्षित शहरका रूपमा पाइएका छन् भने पटना, जयपुर, फरीदाबाद, दिल्ली, कोलकाता, श्रीनगर र राँची सबैभन्दा असुरक्षित पाइएका छन्। यो विवरण नारी २०२५ नामक महिला सुरक्षा सूचकाङ्क र वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो। २८ अगस्ट २०२५ मा सार्वजनिक गरिएको सूचकाङ्कअन्तर्गत ३१…

पूरा पढ्नुहोस्

रणभूमि पर्यटन सूचीमा सिक्किमको डोकलाम, छोला र नाथुला : अक्टोबरदेखि डोकलाम पर्यटकका लागि खुल्ने

गान्तोक, ३० अगस्ट: भारत सरकारको रणभूमि पर्यटन गन्तव्य पहलअन्तर्गत घोषणा गरिएको १०० नयाँ पर्यटकीय स्थलमा सिक्किमका तीनवटा महत्त्वपूर्ण स्थल नाथुला, छोला र डोकलाम पनि समावेश छन्। नाथुला अघिबाटै पर्यटकहरूका लागि खुल्ला छ भने अब सरकारले छोला र डोकलाममा पनि पर्यटन प्रवेशको अनुमति दिने भएको छ। विशेषगरी भारत–चीन–भुटानको त्रिजङ्क्सन (Tri-Junction) क्षेत्रमा अवस्थित डोकलामलाई पर्यटकका लागि खोल्ने…

पूरा पढ्नुहोस्

दक्षिण ल्होनाक हिमतालको जलस्तर पुग्यो २०२३-को बाढी अघिकै अवस्थामा, सिक्किममा उच्च जोखिमयुक्त हिमतालहरूको अध्ययन निरन्तर

गान्तोक, ३० अगस्ट: वैज्ञानिक र विशेषज्ञहरूले सिक्किमका सोह्रवटा हिमतालहरूलाई “उच्च जोखिम” वर्गमा राखेका छन्। तीमध्ये दक्षिण ल्होनाक हिमताल र साको छो हिमताल अत्यन्तै खतरनाक मानिएका छन्। अधिकारीहरूले पुष्टि गरेअनुसार दक्षिण ल्होनाक हिमतालको जलस्तर फेरि २०२३ अक्टोबरको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) अघिकै  स्तरमा पुगेको छ।   यो पनि पढ्नुहोस्: उत्तर सिक्किमको साको छो हिमताल…

पूरा पढ्नुहोस्

सिक्किममा संविधान हत्या दिवस मनाइयो, आपतकाल घोषणा भएको ५० वर्ष पूरा

गान्तोक, २५ जून: भारतभर आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा सिक्किममा पनि ‘संविधान हत्या दिवस’ आज विभिन्न कार्यक्रमसहित मनाइएको छ। मुख्य कार्यक्रम गान्तोकस्थित मानन केन्द्रमा आयोजना गरिएको थियो, जसमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार, यो दिवस राज्यका सबै जिल्ला, विद्यालय र महाविद्यालयहरूमा पनि मनाइएको छ।…

पूरा पढ्नुहोस्

सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगान बन्ने मार्गमा पारखा; सांसद लेप्चाले गरे स्थलगत निरीक्षण

पारखा, १७ अप्रिल: सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगानको रूपमा स्थापित हुने मार्गमा नाथाङ-माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लिङ्के-पारखा अघि बढिरहेको छ। यहाँ चिया खेती अघिबाटै सुरु भइसकेको छ भने अब चिया प्रशोधन इकाई (Processing Unit) वा कारखाना पनि सुरु हुने भएको छ।

पूरा पढ्नुहोस्

स्टार मल प्रवेश प्रकरणमा गणेश राईसहित सीएपी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो। पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका…

पूरा पढ्नुहोस्

एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ। सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने…

पूरा पढ्नुहोस्