हेडलाइन

नयाँ विश्वविद्यालयमाथि कोमल चामलिङको प्रश्नपछि एसकेएमको उत्तर – “पूर्व मुख्यमन्त्रीले सरकारी खर्चमा छोरीलाई हार्वर्ड पढाएजस्तो होइन”

गान्तोक, २८ मार्च: सिक्किम विधानसभाको बजेट अधिवेशन २०२५-२६ शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसको स्वागत गरेको छ। एसकेएम प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको शिक्षा, स्वास्थ्य र समग्र विकासलाई केन्द्रमा राखेर विधानसभामा पारित प्रस्तावहरूलाई जनहितकारी भएको बताएका छन्। साथै, विपक्षीप्रति प्रहार गर्दै उनीहरूले गरिरहेको नयाँ विश्वविद्यालयहरूको विरोधलाई ‘दुर्भाग्यपूर्ण’…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभाले पारित गर्‍यो विभिन्न क्षेत्रका लागि बजेट अनुदान

गान्तोक, २७ मार्च: ११औँ सिक्किम विधानसभाको द्वितीय सत्र (भाग-३) अन्तर्गत तेस्रो दिनको बैठक आज सिक्किम विधानसभा सचिवालयमा सम्पन्न भयो। बैठकमा विभिन्न विधेयकहरू पारित हुनुका साथै बजेटमाथि छलफल भयो। बैठकमा शिक्षा विभागका मन्त्रीद्वारा प्रस्तुत अटल बिहारी वाजपेयी स्किल युनिभर्सिटी सिक्किम विधेयक २०२५, सेङ्गोल इन्टरनेशनल युनिभर्सिटी विधेयक २०२५, र फ्युजन युनिभर्सिटी सिक्किम विधेयक २०२५ पारित भयो। यी…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभामा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा वित्तीय वर्ष २०२५-२६ का लागि १६,१९६ करोड रूपैयाँको बजेट पेश

गान्तोक, २६ मार्च – मुख्यमन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२५-२६ का लागि १६१९६ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्। ११औं सिक्किम विधानसभाको द्वितीय सत्र (भाग तीन) अन्तर्गत आज दोस्रो दिन उनले सदनमा बजेट पेश गरेका हुन्। उक्त बजेटमाथि भोलि बिहीबार छलफल हुने छ भने शुक्रबार पारित गरिनेछ। सातौं पटक वार्षिक बजेट पेश गर्दै मुख्यमन्त्री तामाङले…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभामा चार दिवसीय बजेट अधिवेशन आजदेखि सुरु

गान्तोक, २६ मार्च: वर्ष २०२५-२६ का लागि चार दिवसीय बजेट अधिवेशन मंगलबार सिक्किम विधानसभामा सुरु भयो। पहिलो दिन, मुख्यमन्त्री प्रेमसिंह तामाङले आर्थिक वर्ष २०२४-२५ का लागि दोस्रो अनुपुरक अनुदान माग सदनमा प्रस्तुत गरे। सदनले आर्थिक वर्ष २०२४-२५ को बाँकी अवधिका लागि आवश्यक अतिरिक्त खर्च पूरा गर्नका लागि दोस्रो अनुपुरक अनुदान मागलाई विचार गरेर पारित गर्‍यो।…

पूरा पढ्नुहोस्

सिक्किम आइपुगेन भारत दाल योजनाअन्तर्गतको सब्सिडीयुक्त दाल, राज्यसभा सांसदले उठाए प्रश्न

गान्तोक, २१ मार्च: केन्द्र सरकारले भारत दाल उत्पादन स्वावलम्बन अभियानअन्तर्गत सब्सिडीयुक्त दाल उपलब्ध गराइएको दाबी गरे तापनि सिक्किममा ती दालहरू अझै नपुगेको भन्दै प्रश्न उठ्न थालेको छ। यो योजना जुलाई २०२३-मा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयद्वारा सुरु गरिएको हो, जसको उद्देश्य उपभोक्ताहरूलाई सस्तो मूल्यमा दाल उपलब्ध गराउनुका साथै देशलाई आत्मनिर्भर बनाउनु हो। सुरुमा…

पूरा पढ्नुहोस्

उत्तर सिक्किममा सडक दुर्घटना: आईआईटी धनबादका १० विद्यार्थी घाइते

मंंगन, १६ मार्च: उत्तर सिक्किमको मंगन जिल्लाअन्तर्गत पाक्सेपमा गएराति पर्यटक सवार गाडी दुर्घटनामा परेपछि १० जना घाइते भएका छन्। घाइतेहरू भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) धनबादका विद्यार्थी भएको पुष्टि भएको छ।

पूरा पढ्नुहोस्

मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ पुल उद्घाटित; टुङ-नागा सडक ३१ जनवरीसम्म बन्द रहने

मंगन, २ जनवरी: उत्तर सिक्किमको मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ बेली पुलको उद्घाटन आज मंगन जिल्लाकी जिल्ला उपाध्यक्ष सोनाम किपा भोटियाले गरेकी छन्। उद्घाटन कार्यक्रममा ७२ इन्जिनियर रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल आलोक शङ्कर र १०७ आरसीसीका अफिसर कमान्डिङ मेजर रामलखन तेवतियाको उपस्थिति रहेको थियो भने जङ्गु क्षेत्रका जिल्ला तथा पञ्चायत सदस्यहरू, जीआरइएफ, बीआरओ-का अधिकारीहरू…

पूरा पढ्नुहोस्

ल्होनाक उपत्यकामा जीएलओएफ रोकथामका लागि अध्ययन; डोल्मा साम्पा क्षेत्रलाई जलधारण क्षेत्र बनाउन मिल्ने देखियो सम्भावना

मुगुथाङ, १ डिसेम्बर: उत्तर सिक्किमको मंगन जिल्लामा रहेका बाढीका खतरा भएका हिमताल र त्यसको न्यूनीकरणका सम्भावनाहरू अध्ययन गर्न गएको अध्ययन टोली पाँचौँ दिनको यात्रामा ल्होनाक उपत्यका पुगेको छ। अध्ययन टोलीले ल्होनाक उपत्यकाको डोल्मा साम्पा क्षेत्रमा प्रस्तावित जलधारण क्षेत्र (Retention Site) संरचना बनाउन मिल्ने सम्भावना हेर्ने काम सम्पन्न गरेको छ। यो संरचनाले भविष्यमा हिमताल विस्फोट बाढी…

पूरा पढ्नुहोस्

जनजातिको मागका लागि एथनोग्राफिक रिपोर्ट बनाउन समिति गठित; सबै समुदायको संयुक्त रिपोर्ट बनाइने

गान्तोक, २० अक्टोबरः सिक्किम र पश्चिम बङ्गालको गोर्खा बहुल क्षेत्रमा बसोबास गर्ने जनजाति बन्नबाट छुटेका नेपाली/गोर्खा समुदायलाई अनुसूचित जनजातिको मान्यता दिलाउन गठन गरिएको जोइन्ट एक्सन कमिटीको दोस्रो बैठकले छुटेका समुदायको एथनोग्राफिक रिपोर्ट तयार पार्नका लागि एथनोग्राफिक समिति गठन गरेको छ। आइतबार गान्तोममा भएको बैठकमा दुवै राज्यका लागि कूल ११ सदस्यीय समिति गठन गरिएको बताइएको छ।…

पूरा पढ्नुहोस्

उपचुनाउका लागि एसकेएम उम्मेदवारको नाम घोषणा: सोरेङ च्याखुङमा आदित्य गोले र नाम्ची सिङ्गिथाङमा सतिशचन्द्र राई

गान्तोक, २० अक्टोबर: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले आज एउटा प्रेस सम्मेलन गरेर आधिकारिक रूपमा आगामी उपचुनाउका लागि सोरेङ-च्याखुङको उम्मेदवारको रूपमा आदित्य गोले तामाङ र नाम्ची-सिङ्गिथाङको उम्मेदवारको रूपमा सतिशचन्द्र राईको नाम घोषणा गरेको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तमाङका राजनैतिक सचिव जेकब खालिङले पार्टीको उक्त घोषणा सार्वजनिक गरेका हुन्। एसकेएमको संसदीय बोर्डले मुख्यमन्त्रीलाई आफ्नो रिपोर्ट आज…

पूरा पढ्नुहोस्