बर्दी लगाएर नाच्नु, गाउनु र अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु पुलिसलाई गरियो निषेध

गान्तोक, १० सेप्टेम्बर: सिक्किमका पुलिस महानिदेशक (डीजीपी)-ले सिक्किम पुलिसका सदस्यहरूलाई पुलिस बर्दी लगाएर नाच्न, गाउन वा अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु जस्ता गतिविधिहरूमा संलग्न हुन निषेध गर्दै सर्कुल जारी गरेको छ। यो निर्देशन पुलिस सदस्यहरूले बर्दी लगाएर भिडियोहरू बनाउने र कानुन प्रवर्तनका लागि परिचालन गरिएका उपकरणहरू प्रयोग गर्ने र त्यसपछि ती भिडियोहरू सोसियल मिडिया प्लेटफर्महरूमा…

पूरा पढ्नुहोस्

ब्ल्याकमेलिङका कारण गरेका थिए आईटीबीपी जवानले आत्महत्या

गान्तोक, १० सेप्टेम्बर: गत ५ सेप्टेम्बरको दिन भारत-तिब्बत सीमा पुलिस (आईटीबी)-का जवान राजा रामलाई गान्तोकको राजभवनको भीआईपी गेटमा मृतक अवस्थामा भेटिएको थियो भने उनले ब्ल्याकमेलिङका कारण आफैलाई गोली हानेर आत्महत्या गरेको थाहा लागेको छ। पुलिसले दिएको जानकारीअनुसार, मृतकले ५ सेप्टेम्बरको दिन ड्युटीमा रहँदा सेवा हतियार (इन्सास)-ले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। पुलिसले छानबिनको क्रममा…

पूरा पढ्नुहोस्

दिवङ्गत शिक्षकको नाममा पनि ट्रान्सफर अर्डर? सीएपीले उठायो प्रश्न

गान्तोक, १० सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले राज्य सरकारको शिक्षा विभागद्वारा २०२४-को शैक्षिक सत्रको मध्यमा गरिएको प्राथमिक शिक्षकहरूको सामुहिक स्थानान्तरणलाई लिएर चिन्ता व्यक्त गरेको छ। यसै क्रममा हालै निधन भएका सदाम उच्चतर माध्यमिक विद्यालयका दिवङ्गत शिक्षक खर्गबहादुर कार्कीको नाममा पनि विभागले स्थानान्तरण आदेश जारी गरेर अमानवीय र अज्ञानतापूर्ण कार्य गरेको सिटिजन एक्सन पार्टीले बताएको छ। यस…

पूरा पढ्नुहोस्

हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

पूरा पढ्नुहोस्

भिजिलेन्स पुलिसद्वारा स्टेट बैङ्क अफ सिक्किमका पाँचजना अधिकारीहरूको घर र कार्यलयमा छापा

गान्तोक, ९ सेप्टेम्बर: सिक्किम पुलिसको सतर्कता विभागले सोमबार सिक्किम राज्य बैङ्क (एसबीएस)-का पाँचजना अधिकारीहरूको घर र कार्यालयहरूमा एकैसाथ छापा मारेर ठूलो मात्रामा घुसखोरी र घोटालाको पर्दाफास गरेको छ। विगत ६–७ वर्षमा बैङ्कका ग्राहकसँग ती अधिकारीहरूले ठूलो घुस लिएको सतर्कता पुलिसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आरोपित अधिकारीहरूले आ-आफ्नो व्यक्तिगत बैङ्क खातामा हजारदेखि लाखौँसम्म घुस…

पूरा पढ्नुहोस्

सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत पाँच लाभार्थीहरूले पाए जमिन

पाकिम, ९ सेप्टेम्बर: मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत नामचेबुङ निर्वाचन क्षेत्रअन्तर्गत सुमिन लिन्जे ग्राम पञ्चायत इकाई (जीपीयू)-का पाँच लाभार्थीहरूलाई ४०x६० फिट (२४०० वर्ग फीट)-को जमिन आवन्टित गरिएको छ। आफ्नो जीवनको गुणस्तर बढाउन र आफ्नो र आफ्नो परिवारका लागि राम्रो भविष्य सुरक्षित गर्न प्रयासरत गरिबीको रेखामुनि रहेकाहरूका लागि यो पहल गरिएको हो। यसका लागि नाम्चेबुङका…

पूरा पढ्नुहोस्

पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले दिए एसडीएफबाट राजीनामा

गान्तोक, ९ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता तथा पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले सोमवार एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। उनी चाँडै सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल हुने बताइएको छ। उनले पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई सम्बोधन गरेको आफ्नो राजीनामा-पत्रमा भनेका छन्, ”म सन् १९९३-देखि एसडीएफ पार्टीको सक्रिय सदस्य थिएँ र सिक्किमको राजनीतिमा…

पूरा पढ्नुहोस्

व्यवसायिक किवी खेतीमा उदाहरणीय बन्दै योकसमका बुद्धहाङ लिम्बू

गान्तोक, ८ सेप्टेम्बर: सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल हुँदैन भन्न सकिँदैन। यस्तै एक उदाहरण हुन्, पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू (सुब्बा)। उनले २००९-देखि आफ्नो निजी जमिनमा किवी खेती सुरु गरेका थिए। सिक्किम सरकारको बागवानी विभागले दिएको चारवटा बिरुवाबाट किवी खेती सुरु गरेका सुब्बाले आज ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि प्राप्त…

पूरा पढ्नुहोस्

सरमसामा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ पालन; जङ्गु समष्टि बन्यो राज्यस्तरीय तीज नृत्य प्रतियोगिताको विजेता

पाकिम, ८ सेप्टेम्बर: आज सरमसा उद्यानमा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ सम्पन्न भयो। पारम्परिक एवम् सांस्कृतिक पोशाकमा हजारौँ महिलाहरूको उपस्थिति रहेको सामुहिक राज्य स्तरीय तीज उत्सवमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले, सम्पूर्ण सिक्किमेली नारीहरूलाई तीजको हार्दिक बधाई एवम् शुभकानमा व्यक्त गरे। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा,…

पूरा पढ्नुहोस्

गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए। पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती…

पूरा पढ्नुहोस्