हेडलाइन

मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री किरण रिजिजुसँग गरे भेट

गान्तोक, ७ जनवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट साझा गर्दै केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले भेटका क्रममा आपसी चासोका विषयहरूमा सौहार्दपूर्ण तथा अर्थपूर्ण छलफल भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री तामाङले विशेषगरी हाल सञ्चालनमा रहेका विकासात्मक पहलहरू तथा उत्तर–पूर्वी क्षेत्रको समग्र प्रगतिसँग सम्बन्धित विषयहरूमा विस्तृत विचार–विमर्श गरिएको जनाएका छन्। उनले सिक्किमको विकासप्रति केन्द्रीय मन्त्रीले देखाउँदै आएको अटल समर्थन र सकारात्मक दृष्टिकोणप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले राज्यको विकास तथा जनकल्याणका मुद्दाहरूलाई अघि बढाउन मन्त्री केन्द्रीय रिजिजुको निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *