गाउँको राजनीति
गाउँले सुरुसुरुमा
गाउँमा समाज जन्माउँछत्यसपछि
मन्दिर भित्र्याउँछ
गुम्बा भित्र्याउँछ
गिर्जा भित्र्याउँछ
मस्जिद भित्र्याउँछत्यसपछि
गाउँमा बेला बेला
कट्टर जातिवादको हावा चल्छ
र युद्ध हुन्छ
उसैले जन्माएको
उसैले भित्र्याएको
एउटा विचार र भावनाबिचअहिले
बेला बेला बोल्छ गाउँ
र भन्छ
मानवताभन्दा ठूलो अर्को कुनै धर्मै छैन।