बर्मेकमा विश्व बाँस दिवस २०२५ को अवसरमा राज्यस्तरीय कार्यशाला सम्पन्न
बर्मेक, १८ सेप्टेम्बर: नाम्ची जिल्लाको बर्मेकस्थित कलेज अफ् हर्टिकल्चरले सिक्किम सरकारको बागवानी विभागसँगको सहकार्यमा विश्व बाँस दिवस २०२५ को अवसरमा राज्यस्तरीय कार्यशालाको आयोजना गर्यो। कार्यक्रम नेशनल बेम्बो मिसनको वित्तीय सहयोगमा सम्पन्न भएको थियो। यस कार्यशालामा विधायक तथा सल्लाहकार लोकनाथ शर्मा मुख्य आतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न बोर्डका अध्यक्षहरू, पद्मश्री जोर्डन लेप्चा, स्थानीय जनप्रतिनिधि, विद्यार्थी…