कविता – गाउँको राजनीति – विश्वजीत बाँस्कोटा
गाउँको राजनीति गाउँले सुरुसुरुमा गाउँमा समाज जन्माउँछ त्यसपछि मन्दिर भित्र्याउँछ गुम्बा भित्र्याउँछ गिर्जा भित्र्याउँछ मस्जिद भित्र्याउँछ त्यसपछि गाउँमा बेला बेला कट्टर जातिवादको हावा चल्छ र युद्ध हुन्छ उसैले जन्माएको उसैले भित्र्याएको एउटा विचार र भावनाबिच अहिले बेला बेला बोल्छ गाउँ र भन्छ मानवताभन्दा ठूलो अर्को कुनै धर्मै छैन।