हेडलाइन

एसकेएमको १४औँ स्थापना दिवसको तयारीबारे दोस्रो समन्वय बैठक सम्पन्न

गान्तोक, १२ जनवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)- को १४औँ स्थापना दिवसलाई लिएर आज गान्तोकको मनन केन्द्रमा दोस्रो समन्वय बैठक सम्पन्न भयो। एसकेएम अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको सभाध्यक्षतामा आयोजित बैठकमा स्थापना दिवस समारोहको तयारी, अहिलेसम्म भएका कार्यहरू तथा आगामी दिनमा गर्नुपर्ने व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ। एसकेएम प्रवक्ता विकास बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बैठकमा…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले जनाए प्रि–बजेट बैठकमा सहभागी, राज्यका विकास प्राथमिकतामाथि जोड

गान्तोक, ११ जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित प्रि–बजेट बैठकमा सहभागिता जनाएका छन्। उक्त बैठकमा केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरी, विभिन्न राज्यका मुख्यमन्त्री तथा वित्त मन्त्रीहरू, साथै केन्द्रीय र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकका क्रममा मुख्यमन्त्रीले साना सीमावर्ती राज्यको रूपमा रहेको सिक्किमका विशिष्ट भौगोलिक र रणनीतिक…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग शिष्टाचार भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्री तामाङले सिक्किमवासीको तर्फबाट उपराष्ट्रपतिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपति राधाकृष्णनलाई निकट भविष्यमै सिक्किम भ्रमण गर्न हार्दिक निमन्त्रणा समेत दिएका छन्।

पूरा पढ्नुहोस्

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे नयाँ दिल्लीमा भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन्। उनले नितिन नवीनलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। यसका साथै, उनले राम्रो स्वास्थ्य, सफलता र…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय कानुन तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालसँग नयाँ भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार केन्द्रीय कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले भेटका क्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्त्री मेघवालको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्रीले उक्त भेटघाट सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी दिएका…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालस्थित मनकामना मन्दिरको गरे दर्शन, शान्ति र विकासका लागि गरे प्रार्थना

गान्तोक, ९ जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहीबार नेपालस्थित देवी भगवतीलाई समर्पित पवित्र मनकामना मन्दिरको दर्शन गर्दै राज्य, देश तथा जनताको सुख-समृद्धिका लागि प्रार्थना गरेका छन्। पहाडको शिखरमा अवस्थित यो मन्दिरले आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै मनलाई शान्त, आनन्दित र सकारात्मक अनुभूति गराउने वातावरण दिएको उनले बताएका छन्। दर्शनका क्रममा मुख्यमन्त्री तामाङले गरिब, बिरामी तथा…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री किरण रिजिजुसँग गरे भेट

गान्तोक, ७ जनवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट साझा गर्दै केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले भेटका क्रममा आपसी चासोका विषयहरूमा सौहार्दपूर्ण तथा अर्थपूर्ण…

पूरा पढ्नुहोस्