हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

लिम्बू – तामाङ सीट आरक्षणको माग अन्तिम चरणमा पुगेको मुख्यमन्त्री तामाङको भनाइ

सिङ्ताम, ६ फरवरी: लिम्बू र तामाङ समुदायलाई राज्य विधानसभामा जनजाति आसन आरक्षण दिनुपर्ने माग अन्तिममा पुगेको दावी गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यी समुदायहरूलाई धैर्य राख्ने अपील गरेका छन्। मंगलबार सिङताममा लिम्बू भवन तथा माङ्हिमको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो बयान दिएका हुन्। आफ्नो सरकारले बारम्बर केन्द्र सरकारसित एलटी सीटको माग गर्दै आएको र केन्द्र सरकार…

पूरा पढ्नुहोस्

अजय एड्वार्डसले भने भाजपाको सङ्ल्पलाई ‘हावा मिठाई’

दार्जिलिङ, ६ फरवरी: चलिरहेको अन्तरिम बजेट सत्रमा पनि गोर्खाहरूले न्याय नपाउने स्पष्ट रहेको बताउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्डसले भाजपाले गोर्खाहरूलाई लिएर गरेका सङ्कल्पहरू हावा मिठाई भएको उल्लेख गरे। “केन्द्रमा भाजपा गठबन्धनसरकारको पाँच वर्षको कार्यकाल पूरा हुन केही दिन मात्र बाँकी छ। हालै केन्द्र सरकारले अन्तरिम बजेट संसदमा पेश गर्‍यो, यो सत्र समाप्त हुन अब केवल…

पूरा पढ्नुहोस्

दिल्लीमा सिक्किमकी युवतीमाथि रडले प्रहार; आरोपी पक्राउ

दिल्ली, ६ फरवरी सिक्किमकी एक युवतीलाई दिल्लीमा एक व्यक्तिले रडले हिर्काएर शरीरमा तातो दाल खन्याइदिएको जानकारी प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अभियुक्त र पीडित दुवै सँगै बस्ने गरेका थिए। हाल प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। राष्ट्रिय सञ्चारमाध्यमहरूबाट थाहा लागेअनुसार आरोपीको नाम पारस हो। आरोपी पारसले पीडित युवतीलाई फेसबुकमा साथी बनाएर जागिरको बहानामा…

पूरा पढ्नुहोस्

जबसम्म केन्द्रले लिम्बू तामाङ सीट आरक्षण चाहँदैन, तबसम्म हामी पनि केही गर्न सक्दैनौँ: सांसद सुब्बा

सिङ्ताम, ६ फेब्रुअरी: केन्द्र सरकारले सीमाङ्कन गरेर राज्य सरकारलाई सीट आरक्षण गर्नु नभनेसम्म राज्य सरकारले लिम्बू – तामाङ सीट आरक्षण गराउन नसक्ने सिक्किमका एकमात्र लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सिङ्ताम बजारमा लिम्बू भवन निर्माणकार्यको शिलान्यास कार्यक्रमको अवसरमा मिडियासँग कुराकानी गर्नेक्रममा सांसद सुब्बाले उक्त कुरा बताएका हुन्। “लिम्बू-तामाङले सीट पाउनुपर्छ भन्ने हाम्रो पनि अडान हो।…

पूरा पढ्नुहोस्

मुख्यमन्त्रीले गरे पाकिम जिल्लाका ४४७ बाढी पीडितलाई भाडा सहयोग प्रदान

पाकिम, ५ फरवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एसएमआईटी माझीटारमा ‘मुख्यमन्त्री राहत कोष’ मार्फत आवश्यक सामग्री र आर्थिक सहायता वितरण गरे। पाकिम जिल्लाको टिस्टा बाढी प्रभावित जनतालाई सहयोग र सहायता प्रदान गर्न यो कार्य गरिएको हो। यस पहलमा ४४७ बाढीपीडितलाई कूल ६७.०५ लाख भाडा सहयोग प्रदान गरियो। यसबाहेक, २९९ विद्यार्थीले २९.९ लाख रुपियाँ आर्थिक सहायता पाएका…

पूरा पढ्नुहोस्