हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

प्रधानमन्त्री मोदीले गरे रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन्। दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ।  यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्,  ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो। हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्‍यौ।’  यस क्रममा दुबैले…

पूरा पढ्नुहोस्

नेपाली चलचित्र ‘बम बहादुर’मा पुनः पर्दामा आउँदै मिरिककी कलाकार शान्तिला तामाङ

मिरिक, २७ अगस्ट: मिरिककी कलाकार शान्तिला तामाङले नेपाली कथानक चलचित्र ‘बम बहादुर’मा अभिनय गर्ने मौका पाएकी छन्। नेपालका ल‍ोकप्रिय अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी १५ नोभेम्बर (कार्तिक ३० गते)-बाट प्रदर्शनमा आउने बताइएको छ। निर्माण टोलीले आइतबार रिलिज मितिसहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको…

पूरा पढ्नुहोस्

डा हरिप्रसाद छेत्रीको पुस्तक ‘आत्मकथा’ लोकार्पित

गान्तोक, २५ अगस्ट: डा हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तक आज ६ माइल, तादोङस्थित हर्कमाया कलेज अफ एजुकेसनको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यको शिक्षा विभागका मन्त्री राजु बस्नेत उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु…

पूरा पढ्नुहोस्

डुगामा बलिदान दिवस २०२४ पालन; गोर्खा गौरव सम्मान र वीर नारी सम्मानले विभिन्न व्यक्तित्व सम्मानित

पाकिम, २५ अगस्ट: आज भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले डुगामा बलिदान दिवस २०२४ पालन गर्‍यो। सनराइज एकाडेमी, डुगाको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सहकारिता विभाग अनि ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले भारतको स्वतन्त्रता सङ्ग्राममा गोर्खा समुदायको योगदान र बलिदानलाई सम्मान गर्ने दिनको रूपमा रहेको…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट; राखे स्वास्थ्य सेवा पूर्वाधारका लागि सहयोगको माग

गान्तोक, २५ अगस्ट: राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग भेट गरेका छन्। यस भेटघाटको अवसरमा हालै केन्द्रिय मन्त्रीको रूपमा नियुक्त भएका सिन्धियालाई मुख्यमन्त्री तामाङले बधाई दिएका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्री समक्ष मंगन र नाम्ची जिल्लाका जिल्ला अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेज निर्माणका…

पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पलाई केनेडीको समर्थन

ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्। नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी भएका छन्।  लामो समयदेखि डेमोक्रेटिक दलमा आबद्ध रहेका केनेडी परिवारका ७० वर्षीय रोबर्ट जुनियरले पार्टी सिद्धान्तका कारण डेमोक्रेटिक दल छाडेको र…

पूरा पढ्नुहोस्

लालिगा: बार्सिलोनाको लगातार दोस्रो जित

स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले दोस्रो जित हासिल गरेको छ। शनिवार राती भएको खेलमा एथलेटी क्लब बिल्बाओविरुद्ध २-१ गोल अन्तरले जित्दै बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको हो। बार्सिलोनाका युवा स्टार खेलाडी यमालले खेलको २४ औँ मिनेटमा टिमलाई पहिलो अग्रता दिलाए। तर पहिलो हाफको ४२ औँ मिनेटमा बिल्बाओको लागि इन्सेक्टले बराबरी गोल…

पूरा पढ्नुहोस्

पूर्व विधायकहरूको पेन्सन बढोत्तरी गर्ने मुख्यमन्त्री तामाङको घोषणा

गान्तोक, २४ अगस्ट: सिक्किमका पूर्व विधायकहरूको पेन्सन वृद्धि गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्। उनले शनिबार गान्तोकमा एउटा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन्। पूर्व विधायक परिसंघले शनिबार आफ्नो २२औँ स्थापना दिवस राजधानी गान्तोकमा भव्यताका साथ पालन गऱ्यो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी…

पूरा पढ्नुहोस्

सिक्किममा भूकम्प, दार्जिलिङलगायत पूर्वी नेपालसम्म धक्का

सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा…

पूरा पढ्नुहोस्

सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग

गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो।   हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका…

पूरा पढ्नुहोस्