आरीगाउँमा पुरुष वर्ग हिल्स ओपन भलिबल प्रतियोगिताको क्वार्टर फाइनल सम्पन्न; नाम्ची, एसएपी, दरामदिन र एवेञ्जर्स पुगे सेमिफाइनल
गेजिङ, ३१ अगस्ट: पुरुष वर्गको निम्ति आयोजन गरिएको हिल्स खुला भलिबल प्रतियोगिताबाट चारवटा दल सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको क्वार्टर फाइनल आज आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा सम्पन्न भयो। यस अवसरमा सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि थिए। आफ्नो छोटो सम्बोधनमा मुख्यअतिथि डीबी गुरुङले समाज, राज्य र राष्ट्र निर्माणमा शिक्षित अनि…