हेडलाइन

नगर निकाय चुनाउअघि भाजपाले गर्‍यो बिन्द्या सिञ्चुरीलाई पार्टीबाट निष्कासन

गान्तोक, १३ अप्रिल: सिक्किममा जारी नगर निकाय चुनाउ २०२६ अघि भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आफ्नो सदस्य बिन्द्या सिञ्चुरीलाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको छ। डीपीएच वार्डबाट निर्दलीय उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेकी सिञ्चुरीमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ।

भाजपा नेता अर्जुन राईले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको पुष्टि गर्दै सिञ्चुरीको गतिविधि पार्टीको हितविपरीत रहेको निष्कर्षपछि कारबाही गरिएको बताए।

यस निर्वाचनमा भाजपाले सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सँग गठबन्धन गरेर चुनाव लडिरहेको छ। पार्टीले डीपीएच वार्डबाट सृजना छेत्रीलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको छ। उल्लेखनीय छ, यो नै एकमात्र वार्ड हो जहाँ प्रतिस्पर्धा भइरहेको छ, किनकि राज्यभरका नगर निगम, नगरपालिका र विभिन्न नगर पञ्चायतहरूमा एसकेएम र भाजपाका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *