हेडलाइन

एसएफएले गर्ने भयो भोलिदेखि हुने फुटबल च्याम्पियनसिपको नाम परिवर्तन

गान्तोक, ३० अगस्ट: सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले शनिबारदेखि सुरु हुने फुटबल च्याम्पियनसिपको नाम सिक्किम प्रिमियर लिग राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो भने आज एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ। आज फुटबल हाउस, गान्तोकमा सम्पन्न एसोसिएसनको कार्यकारी समितिको बैठकमा सर्वसम्मतिले च्याम्पियनशिपको नाम परिवर्तन गरेर एसएफए ‘ए’ डिभिजन राख्ने निर्णय लिएको एउटा प्रेस…

पूरा पढ्नुहोस्

सिक्किममा फुटबल विवाद: मुख्यमन्त्रीले उठाए एसएफएमाथि प्रश्न

गान्तोक, ३० अगस्ट: सिक्किममा फुटबल खेल अहिले विवादको घेरामा परेको देखिएको छ। सिक्किम प्रिमियर लिगको आयोजनालाई लिएर दुईवटा समुह अघि आएपछि विवाद सुरु भएको हो। शनिबारदेखि सुरु हुने सिक्किम प्रिमियर लिग सिजन २०२४-२५ सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले आयोजना गर्ने भएपछि विवाद उत्पन्न भएको हो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले सिक्किम प्रिमियर लिगको दुईवटा सिजन आयोजना गरिसकेको…

पूरा पढ्नुहोस्

जोरथाङमा ६१ वर्षीय दिव्याङ्ग महिलामाथि शारीरिक दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ, २९ अगस्ट: दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीय दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोसियल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय युवालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार घटना २६ अगस्टको दिन जोरथाङको एसएनटी कम्प्लेक्समा भएको थियो। पीडित महिलाकी आफन्तले पुलिसलाई दिएको रिपोर्टअनुसार आरोपीले ६१…

पूरा पढ्नुहोस्

बरदाङमा भेटियो बम, सेनाले गऱ्यो डिफ्युज

पाकिम, २९ अगस्ट: बिहीबार पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पर्ने २० माइल नजिक लोआर बरदाङको टिस्टा नदी किनारमा बम फेला परेको छ। बम फेला परेको जानकारी पाएपछि भारतीय सेनाको बम डिफ्युज टोलीले त्यसलाई ठेगाना लगाएको छ। गत वर्षको ३ र ४ अक्टोबरमा उत्तर सिक्किमस्थित दक्षिणी ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा गएको बाढीले विभिन्न स्थानबाट भारतीय सेनाको…

पूरा पढ्नुहोस्

पाकिमका जिल्लापालले गरे राजनैतिक दलहरूसँग बैठक

पाकिम, २९ अगस्ट: पाकिम जिल्लाका जिल्लापाल अगावाने रोहन रमेश र अतिरिक्त जिल्लािल साङ्गे ग्यात्सो भोटियाले आज जिल्ला प्रशासनिक केन्द्र पाकिमको सम्मेलन हलमा राजनीतिक दलहरूसँग बैठक गरेका छन्। बैठकमा इलेक्ट्रोनिक भोटिङ मेशिन (EVMs)-हरू र भोटर भेरिफाइबल पेपर अडिट ट्रेलहरू (VVPATs)-लाई जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा रहेको वेरहाउसमा स्थानान्तरण गर्नेलगायत विभिन्न विषयहरूलाई समेटिएको थियो। यसबाहेक, स्पेसल समरी रिभिजन…

पूरा पढ्नुहोस्

सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री तामाङले दिए शुभकमना

गान्तोक, २९ अगस्ट: सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यसपटक सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटबल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा भाग लिने भएको छ। सुब्रतो कप २०२४-का लागि चयनित भएको सोमबारे विद्यालयको टोलीले बिहिवार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। यस भेटको अवसरमा मुख्यमन्त्रीले प्रतियोगितामा भाग लिने…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री पीएस तामाङले बताए मोदीको नेतृत्वलाई विश्वमै प्रभावशाली

गान्तोक, २८ अगस्ट: अमेरिका र चीनलाईपछि पार्दै भारत विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बन्नु प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वको उदाहरण रहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्। मुख्यमन्त्री तामाङले बुधबार आफ्नो आधिकारीक फेसबुक पोस्टमा लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वका कारण भारत आज विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बनेको छ।”…

पूरा पढ्नुहोस्

सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष

गान्तोक, २७ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो। सभा आसाम लिङ्जेस्थित कार्यालयमा आयोजन भएको थियोे। सभाले सिकोनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नका साथै नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गरेको छ। सभामा संस्थाका…

पूरा पढ्नुहोस्

नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेटे मुख्यमन्त्रीलाई

गान्तोक, २७ अगस्ट: नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका गरेका छन्। मंगलबार नयाँ दिल्लीस्थित सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके-म्याक्स (BLK-MAX) सुपर स्पेशालिटी अस्पतालमा सेवारत नर्सहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्। मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीहरूमाथि गर्व र प्रशंसा व्यक्त गरेका छन्। उनले भने, “हाम्रा स्वास्थ्य सेवा पेशेवरहरूले राजधानीमा अमूल्य…

पूरा पढ्नुहोस्