सिक्किमको उच्च जोखिममा रहेका हिमनदी तालहरू अध्ययन गर्न बहु-अनुशासनात्मक टोलीको अभियान
गान्तोक, २३ अगस्ट: एउटा बहु-अनुशासनात्मक टोलीले आगामी २८ अगस्टदेखि १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा उच्च जोखिममा रहेका हिमनदी ताल (Glacial Lakes)-हरूको विस्तृत संवेदनशीलता अध्ययन गर्ने तयारी गरेको छ। हिमनदी ताल संवेदनशीलता अध्ययन र सामुदायिक पहुँचको यो संयुक्त अभियान सिक्किम सरकारको भूराजस्व एवम् आपदा व्यवस्थापन विभागअन्तर्गत सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण (SSDMA)-ले गर्ने भएको छ। ३२-जना सदस्यको…