हेडलाइन

गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए। पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको साको छो हिमताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ। अध्ययन टोलीको अर्को उपसमूहले साको छो तालको प्रारम्भिक मूल्याङ्कन…

पूरा पढ्नुहोस्

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँडभैलो पार्दैछ: शङ्करदेव ढकाल

गान्तोक, ७ सेप्टेम्बर: सिक्किम विश्वविद्यालयको नेपाली विभागले नेपाली भाषालाई भाँडभैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले बताएका छन्। किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् भवनमा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य…

पूरा पढ्नुहोस्

सीएपीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न; १४ सेप्टेम्बरसम्ममा नयाँ अध्यक्षको नाम घोषणा गरिने

गान्तोक, ७ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले आज केन्द्रीय कार्यकारिणी समितीको बैठक अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न गर्‍यो। बैठकमा मुख्य संयोजक गणेशकुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्लेलगायत समस्त केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीले पार्टीको “कार्यकर्ता मार्गदर्शन”को विधिवत विमोचन गरेको छ भने आजदेखि पार्टीको सदस्यता नविकरण पनि सुरु गरेको छ।…

पूरा पढ्नुहोस्

डोनर मन्त्रालयले सिक्किमको स्वास्थ क्षेत्रको विकासका लागि गर्‍यो ३२६ करोड रुपियाँ स्वीकृत

गान्तोक, ६ सेप्टेम्बर: उत्तर पूर्वी क्षेत्रको विकास मन्त्रालय (डोनर) ले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राखेका तीनवटा महत्त्वपूर्ण मागहरूलाई स्वीकृत गरेको छ। सिक्किम भ्रमणमा रहेका केन्द्रीय सञ्चार र डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रबार मुख्यमन्त्री र विभागीय प्रमुखहरूसँग जारी परियोजनाहरूको समीक्षा गर्न र राज्यको भविष्यको विकास योजनाहरूबारे छलफल गर्न महत्त्वपूर्ण बैठक गरेका थिए। शुक्रबार गान्तोकस्थित सम्मान भवनमा…

पूरा पढ्नुहोस्

उत्तर सिक्किममा रहेका हिमतालहरूको खतरा अध्ययन गर्न गएको टोली पुग्यो गुरुदोङमार

मंगन, ६ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत गुरुदोङमार ताल पुगेको छ। हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरको दिन उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर…

पूरा पढ्नुहोस्

४७ वर्षीय पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

सोरेङ, ५ सेप्टेम्बर: पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। नयाँ बजार थाना अन्तर्गत बैगुने बीएसी माथिको जङ्गलमा महिलाको शव भेटिए पछि सनसनी मच्चिएको थियो। घटनाको सुचना प्राप्त हुनसाथ पुलिसले जाँचको सुरु गरेको थियो। फलस्वरूप, नयाँ बजार पुलिसले हत्यामा संलग्न अनि फरार आरोपीलाई आज दिउँसो पक्राउ गरेको छ। घटना सोरेङ जिल्ला अन्तर्गत पिपले…

पूरा पढ्नुहोस्

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

गान्तोक, ५ सेप्टेम्बर: नरबहादुर भण्डारी सरकारी महाविद्यालयले आफ्नो स्थापना दिवस र शिक्षक दिवस बिहीबार पालन गरेको छ। “आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो।” यो मन्तव्य हो सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत भएकी प्रा डा नम्रता तामाङ (थापा)-को। उनलाई आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा…

पूरा पढ्नुहोस्

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्