हेडलाइन

जडीबुटीको संरक्षण गर्दै छुबा हर्बल बोटनिक्स स्थापित

गान्तोक, १ सेप्टेम्बरः जडीबुटीको रोपणमार्फत स्वदेशी ज्ञानको संरक्षण, स्वास्थ्य चेतना एवम् फोहोर व्यवस्थापन सम्बन्धि आम मानिसमा सचेतना जगाउन शनिवार पूर्व सिक्किमको मार्ताम खण्ड प्रशासनिक केन्द्रअन्तर्गत छुबा सरकारी निम्न माध्यमिक विद्यालयमा एकदिने कौशल विकास कार्यक्रमसँगै छुबा हर्बल बोटनिक्सको स्थापना गरियो। होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टर (एचएचआरसी)-को सहयोगमा आयोजन गरिएको यस कार्यक्रमको समन्वयक विद्यालयका शिक्षक दिपक शर्मा…

पूरा पढ्नुहोस्

अक्टोबरदेखि सुरु हुने पाकिम विमानस्थलबाट कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा

पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्। इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो…

पूरा पढ्नुहोस्

आरीगाउँमा पुरुष वर्ग हिल्स ओपन भलिबल प्रतियोगिताको क्वार्टर फाइनल सम्पन्न; नाम्ची, एसएपी, दरामदिन र एवेञ्जर्स पुगे सेमिफाइनल

गेजिङ, ३१ अगस्ट: पुरुष वर्गको निम्ति आयोजन गरिएको हिल्स खुला भलिबल प्रतियोगिताबाट चारवटा दल सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको क्वार्टर फाइनल आज आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा सम्पन्न भयो। यस अवसरमा सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि थिए। आफ्नो छोटो सम्बोधनमा मुख्यअतिथि डीबी गुरुङले समाज, राज्य र राष्ट्र निर्माणमा शिक्षित अनि…

पूरा पढ्नुहोस्

हिमतालबाट हुने बाढीको जोखिम अध्ययन गर्न सरकारको अन्तर-विभागीय टोली उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्ट: हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर-विभागीय टोली शनिबार उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छःवटा हिमतालको अध्ययनका लागि तयार पारिएको अन्तर-विभागीय ३५ सदस्यीय टोलीलाई शनिबार बिहान लाचेन मगन निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले फ्ल्याग…

पूरा पढ्नुहोस्

एसएफएले गर्ने भयो भोलिदेखि हुने फुटबल च्याम्पियनसिपको नाम परिवर्तन

गान्तोक, ३० अगस्ट: सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले शनिबारदेखि सुरु हुने फुटबल च्याम्पियनसिपको नाम सिक्किम प्रिमियर लिग राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो भने आज एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ। आज फुटबल हाउस, गान्तोकमा सम्पन्न एसोसिएसनको कार्यकारी समितिको बैठकमा सर्वसम्मतिले च्याम्पियनशिपको नाम परिवर्तन गरेर एसएफए ‘ए’ डिभिजन राख्ने निर्णय लिएको एउटा प्रेस…

पूरा पढ्नुहोस्

सिक्किममा फुटबल विवाद: मुख्यमन्त्रीले उठाए एसएफएमाथि प्रश्न

गान्तोक, ३० अगस्ट: सिक्किममा फुटबल खेल अहिले विवादको घेरामा परेको देखिएको छ। सिक्किम प्रिमियर लिगको आयोजनालाई लिएर दुईवटा समुह अघि आएपछि विवाद सुरु भएको हो। शनिबारदेखि सुरु हुने सिक्किम प्रिमियर लिग सिजन २०२४-२५ सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले आयोजना गर्ने भएपछि विवाद उत्पन्न भएको हो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले सिक्किम प्रिमियर लिगको दुईवटा सिजन आयोजना गरिसकेको…

पूरा पढ्नुहोस्

जोरथाङमा ६१ वर्षीय दिव्याङ्ग महिलामाथि शारीरिक दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ, २९ अगस्ट: दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीय दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोसियल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय युवालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार घटना २६ अगस्टको दिन जोरथाङको एसएनटी कम्प्लेक्समा भएको थियो। पीडित महिलाकी आफन्तले पुलिसलाई दिएको रिपोर्टअनुसार आरोपीले ६१…

पूरा पढ्नुहोस्

बरदाङमा भेटियो बम, सेनाले गऱ्यो डिफ्युज

पाकिम, २९ अगस्ट: बिहीबार पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पर्ने २० माइल नजिक लोआर बरदाङको टिस्टा नदी किनारमा बम फेला परेको छ। बम फेला परेको जानकारी पाएपछि भारतीय सेनाको बम डिफ्युज टोलीले त्यसलाई ठेगाना लगाएको छ। गत वर्षको ३ र ४ अक्टोबरमा उत्तर सिक्किमस्थित दक्षिणी ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा गएको बाढीले विभिन्न स्थानबाट भारतीय सेनाको…

पूरा पढ्नुहोस्

पाकिमका जिल्लापालले गरे राजनैतिक दलहरूसँग बैठक

पाकिम, २९ अगस्ट: पाकिम जिल्लाका जिल्लापाल अगावाने रोहन रमेश र अतिरिक्त जिल्लािल साङ्गे ग्यात्सो भोटियाले आज जिल्ला प्रशासनिक केन्द्र पाकिमको सम्मेलन हलमा राजनीतिक दलहरूसँग बैठक गरेका छन्। बैठकमा इलेक्ट्रोनिक भोटिङ मेशिन (EVMs)-हरू र भोटर भेरिफाइबल पेपर अडिट ट्रेलहरू (VVPATs)-लाई जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा रहेको वेरहाउसमा स्थानान्तरण गर्नेलगायत विभिन्न विषयहरूलाई समेटिएको थियो। यसबाहेक, स्पेसल समरी रिभिजन…

पूरा पढ्नुहोस्

सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री तामाङले दिए शुभकमना

गान्तोक, २९ अगस्ट: सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यसपटक सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटबल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा भाग लिने भएको छ। सुब्रतो कप २०२४-का लागि चयनित भएको सोमबारे विद्यालयको टोलीले बिहिवार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। यस भेटको अवसरमा मुख्यमन्त्रीले प्रतियोगितामा भाग लिने…

पूरा पढ्नुहोस्