स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा
गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको…