हेडलाइन

सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग

गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो।   हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट पेश

गान्तोक, ५ अगस्ट: राज्यका मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले सोमबार विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट प्रस्तुत गरे। चार दिने बजेट सत्रको पहिलो दिन मुख्यमन्त्रीले राज्यको बजेट प्रस्तुत गर्दै यो बजेट वर्ष २०१८-१९- को तुलनामा १०९ प्रतिशत अधिक रहेको बताए।   मुख्यमन्त्री तामाङले सदनमा बजेट सम्बोधन राख्दै सिक्किमले प्रजातन्त्र पाएको…

पूरा पढ्नुहोस्

गत चुनाउमा ८३.४ प्रतिशत मतदान हुनु देशको लोकतन्त्रमा सिक्किमवासीको सक्रिय भागिदारी दर्शाउनु हो: राज्यपाल

गान्तोक, ५ अगस्ट: सोमबारदेखि सुरु भएको सिक्किम राज्यको वर्ष २०२४-२५-को बजेट सत्रको पहिलो दिन राज्यका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरले सदनलाई सम्बोधन गर्दै भखरै सम्पन्न राज्यको ११औँ विधानसभा अनि १८औँ लोकसभा चुनाउमा राज्यमा भएको ८३.४ प्रतिशत मतदानले देशको लोकतन्त्रमा सिक्किमेली जनताको सक्रिय भागिदारीलाई दर्शाउने बताएका छन्। उनले भर्खरै सम्पन्न सिक्किम विधानसभा साथै लोकसभा चुनाउममा उत्कृष्ट…

पूरा पढ्नुहोस्

सिक्किमका नयाँ राज्यपालका रूपमा ओम प्रकाश माथुरले लिए शपथ

गान्तोक, ३१ जुलाई: भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुरले सिक्किमको १८औँ राज्यपालको रूपमा शपथ लिएका छन्। बुधबार उनलाई राजभवनमा आयोजित एउटा कार्यक्रमबीच सिक्किम उच्च न्यायलयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा शेर्पाको लगायत अन्यको उपस्थिति रहेको थियो।…

पूरा पढ्नुहोस्

बिहार घुम्न गएकी सिक्किमकी युवतीमाथि सामुहिक बलात्कार; दुवै आरोपी पक्राउ

गान्तोक, ७ जून: सिक्किमकी एक युवतीलाई बिहारको किशनगञ्ज सदर थाना क्षेत्र स्थित एउटा लजमा बुधबार बिहान दुई युवकले सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ। घटनाको उजुरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपी अरहान अख्तर किशनगञ्जको बहादुरगञ्जका र अमजद हुसेन अररियाका बासिन्दा हुन्। प्रहरीले पीडितको बयानका आधारमा एफआईआर दर्ता गरेको…

पूरा पढ्नुहोस्

एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा दोस्रोपटक सांसद निर्वाचित

गान्तोक, ४ मई: सिक्किमको एकमात्र लोकसभा आसनमा एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा भारी मतले विजयी बनेका छन्। अन्य १३ जना उम्मेदवारलाई पछि छोड्दै ४२.५२ प्रतिशत मत प्राप्त गरेर उनी दोस्रोपटक सांसद चुनिएका छन्। उनले कूल १६४३९६ मत प्राप्त गरेका छन्। गत २०१९-को चुनाउमा उनले ४७.४६ प्रतिशत मत प्राप्त गरेका थिए भने यसपटक ४२.५२ मत प्राप्त गरेका…

पूरा पढ्नुहोस्

३२ मा ३१ आसन जितेर प्रचण्ड बहुमतका साथ एसकेएम पुनः सरकारमा; ४० वर्षपछि चामलिङ पहिलोचोटि पराजित

गान्तोक, २ जून: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रोपटक सिक्किममा सरकार गठन गरेको छ। सिक्किम विधानसभाको हालै सम्पन्न चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले प्रचण्ड बहुमतका साथ जीत हासिल गरेको छ। ३२ सदस्यीय सिक्किम विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले ३१ सिट जितेको छ। कांग्रेस, सिटिजन एक्सन पार्टी, भारतीय जनता पार्टीले एउटै आसन पनि जित्न सकेनन् भने सिक्किम डेमोक्रेटिक फ्रन्टले…

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री केएन लेप्चाले सिक्किम विधानसभामा पेश गरे ७-वटा नयाँ निजी विश्वविद्यालय विधेयक

गान्तोक, १२ फरवरी: सोमबार बसेको दसौँ सिक्किम विधानसभाको सातौँ सत्र (भाग ३)-मा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाले सातवटा नयाँ निजी विश्वविद्यालय विधेयकहरू पेश गरेका छन्। मन्त्री लेप्चाले अर्किड युनिभर्सिटी विधेयक, गुरुकुल विद्यापिठ विश्वविद्यालय विधेयक, म्याट्रिक्स स्किलटेक युनिभर्सिटी, सिक्किम विधेयक, ड्युक इन्टरनेशनल युनिभर्सिटी विधेयक, सिक्किम मेडिकल साइन्स युनिभर्सिटी विधेयक, म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी…

पूरा पढ्नुहोस्

चौथो खेलो इण्डिया पुरुष वर्गको बक्सिङ प्रतियोगिता सिक्किमले आयोजना गर्ने

गान्तोक, १० फरवरी: आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आस्था लक्ष्मी २०२३ अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता सुरु हुने भएको छ। उक्त प्रतियोगिता २५- २९ फरवरीसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा सम्पन्न हुने सिक्किम सरकारको खेलकूद एवम् युवा मामिल विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्माले जानकारी गराएका हुन्। शनिबार तादोङस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यलयमा…

पूरा पढ्नुहोस्

रम्फूमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न; चार वर्षमा अस्थायी कर्मचारीहरू स्थायी हुने अधिसूचना जारी

रम्फू, ९ फरवरी: राज्यमा अब चार वर्ष सेवाकाल पूरा गरेका सम्पूर्ण अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्। यसको निम्ति राज्य सरकारले वर्ष २०२० को अस्थायी कर्मचारी स्थायीकरण नीतिमा संशोधन गरेको छ। गत ३ फरवरीको दिन नै बसेको मन्त्रीमण्डलको बैठकले मञ्जुरी प्रदान गरेको सशोधित अधिसूचनालाई शुक्रबार रम्फूमा विराट जनभेलाबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लोकार्पण गरियो।   यस अस्थायी…

पूरा पढ्नुहोस्