हेडलाइन

सरकारी कर्मचारीहरूले वेतन नपाएको भन्दै एसपीवाईएफले उठायो सरकारमाथि प्रश्न

गान्तोक, ८ अक्टोबर: सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले सरकारी कर्मचारीहरूले दसैँ सुरु हुनै लाग्दा पनि वेतन नपाएको भन्दै सिक्किम सरकारमाथि प्रश्न उठाएको छ। प्रत्येक सरकारी कर्मचारीको वेतन नियमित समयमा प्रदान गरिनुपर्छ भन्दै एकजना कर्मचारीले महिनाभरी श्रम गरेपछि महिनाको अन्त्यमा वेतन पाउनु उसको अधिकार रहेको फोरमले उल्लेख गरेको छ। मुख्यमन्त्रीले दसैँअघि कर्मचारीहरूले वेतन पाउने भने तापनि…

पूरा पढ्नुहोस्

जनजाति मान्यताको मागका लागि सिक्किम-दार्जिलिङका प्रतिनिधिहरूको संयुक्त बैठक

सिलगढी, ६ अक्टोबर: सिक्किम, दार्जिलिङ लगायत अन्य गोर्खा/नेपाली बहुल क्षेत्रमा बसोबास गर्ने तर जनजातिको मान्यता पाउनबाट छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउनु पर्ने मागलाई लिएर सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सिक्किम र दार्जिलिङका नेताहरूबिच एउटा संयुक्त बैठक आइतबार सिलगढीमा सम्पन्न भयो। बैठकमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, सिक्किमका लोकसभा सांसद इन्द्रहाङ…

पूरा पढ्नुहोस्

सिङसोर पुललाई ग्लास स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति; सवारी आवागमन अस्थायी रूपमा बन्द

गेजिङ, २३ सेप्टेम्बर: भारत सरकारको उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर)-ले देन्तामस्थित प्रसिद्ध सिङसोर झोलुङ्गे पुललाई ग्लास-डेक स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति दिएको छ। यो परियोजना सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागले निरीक्षण गरिरहेको छ। यसको उद्देश्य पुललाई प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकास गर्नु रहेको बताइएको छ। सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागका प्रमुख…

पूरा पढ्नुहोस्

जेमा नदीमा बनियो पुल: लाचेनदेखि चीन सिमानासँग महत्त्वपूर्ण रणनीतिक सडक सम्पर्क बहाल गर्न सीमा सडक सङ्गठन सफल

मंगन, १८ सेप्टेम्बर: गत वर्षको ३ र ४ अक्टोबरमा गएको टिस्टा बाढीका कारण उत्तर सिक्किममा स्थित अन्तर्राष्ट्रिय सीमासम्म पुग्ने सडक सम्पर्कमा धेरै समस्या भइरहेको थियो भने अहिले सीमा सडक सङ्गठन (बीआरओ) यो सम्पर्क पुनस्थापित गर्नमा सफल भएको छ। परिस्थितिको गम्भीरतालाई महसुस गर्दै स्वस्तिक परियोजनाअन्तर्गत बीआरओका कार्यकर्ताहरू जेमा नदीमा नयाँ बेली ब्रिज निर्माण गर्न लागिपरेका थिए…

पूरा पढ्नुहोस्

सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संस्थाको पहिलो वार्षिक साधारणसभा सम्पन्न

सिङ्ताम, १४ सेप्टेम्बर: सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संस्थाको आज सिङ्ताममा आफ्नो पहिलो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भयो। महासचिव विमल थापाको नेतृत्वमा भएको कार्यक्रममा पूर्व सैनिकको हितमा संस्थाको समर्पण र विभिन्न सामुदायिक सेवामा सक्रिय भूमिकामा जोड दिएइएको थियो। आफ्नो सम्बोधनमा थापाले संंस्थाले स्थापनाकालदेखि नै गरेका विभिन्न पहलकदमीका बारेमा प्रकाश पारेका थिए। यसमा रक्तदान अभियान,…

पूरा पढ्नुहोस्

गणेशकुमार राई बने सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष

गान्तोक, १४ सेप्टेम्बर: गणेशकुमार राई सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष बनेका छन्। आज पार्टी मुख्यालय अदमपुलमा पार्टीका निवर्तमान अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा उच्चस्तरीय सभा सम्पन्न भएको थियो भने गत ७ सेप्टेम्बर २०२४-को दिन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदले लिएको निर्णयअनुसार पार्टी अध्यक्षले आज पार्टीका सम्पूर्ण कार्यकारिणी समिति, सिइसीको अनुमतिमा विघटन गरेका थिए। पार्टी अध्यक्षले नयाँ अध्यक्षका…

पूरा पढ्नुहोस्

कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

बर्दी लगाएर नाच्नु, गाउनु र अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु पुलिसलाई गरियो निषेध

गान्तोक, १० सेप्टेम्बर: सिक्किमका पुलिस महानिदेशक (डीजीपी)-ले सिक्किम पुलिसका सदस्यहरूलाई पुलिस बर्दी लगाएर नाच्न, गाउन वा अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु जस्ता गतिविधिहरूमा संलग्न हुन निषेध गर्दै सर्कुल जारी गरेको छ। यो निर्देशन पुलिस सदस्यहरूले बर्दी लगाएर भिडियोहरू बनाउने र कानुन प्रवर्तनका लागि परिचालन गरिएका उपकरणहरू प्रयोग गर्ने र त्यसपछि ती भिडियोहरू सोसियल मिडिया प्लेटफर्महरूमा…

पूरा पढ्नुहोस्

ब्ल्याकमेलिङका कारण गरेका थिए आईटीबीपी जवानले आत्महत्या

गान्तोक, १० सेप्टेम्बर: गत ५ सेप्टेम्बरको दिन भारत-तिब्बत सीमा पुलिस (आईटीबी)-का जवान राजा रामलाई गान्तोकको राजभवनको भीआईपी गेटमा मृतक अवस्थामा भेटिएको थियो भने उनले ब्ल्याकमेलिङका कारण आफैलाई गोली हानेर आत्महत्या गरेको थाहा लागेको छ। पुलिसले दिएको जानकारीअनुसार, मृतकले ५ सेप्टेम्बरको दिन ड्युटीमा रहँदा सेवा हतियार (इन्सास)-ले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। पुलिसले छानबिनको क्रममा…

पूरा पढ्नुहोस्

दिवङ्गत शिक्षकको नाममा पनि ट्रान्सफर अर्डर? सीएपीले उठायो प्रश्न

गान्तोक, १० सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले राज्य सरकारको शिक्षा विभागद्वारा २०२४-को शैक्षिक सत्रको मध्यमा गरिएको प्राथमिक शिक्षकहरूको सामुहिक स्थानान्तरणलाई लिएर चिन्ता व्यक्त गरेको छ। यसै क्रममा हालै निधन भएका सदाम उच्चतर माध्यमिक विद्यालयका दिवङ्गत शिक्षक खर्गबहादुर कार्कीको नाममा पनि विभागले स्थानान्तरण आदेश जारी गरेर अमानवीय र अज्ञानतापूर्ण कार्य गरेको सिटिजन एक्सन पार्टीले बताएको छ। यस…

पूरा पढ्नुहोस्