हेडलाइन

हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

पूरा पढ्नुहोस्

भिजिलेन्स पुलिसद्वारा स्टेट बैङ्क अफ सिक्किमका पाँचजना अधिकारीहरूको घर र कार्यलयमा छापा

गान्तोक, ९ सेप्टेम्बर: सिक्किम पुलिसको सतर्कता विभागले सोमबार सिक्किम राज्य बैङ्क (एसबीएस)-का पाँचजना अधिकारीहरूको घर र कार्यालयहरूमा एकैसाथ छापा मारेर ठूलो मात्रामा घुसखोरी र घोटालाको पर्दाफास गरेको छ। विगत ६–७ वर्षमा बैङ्कका ग्राहकसँग ती अधिकारीहरूले ठूलो घुस लिएको सतर्कता पुलिसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आरोपित अधिकारीहरूले आ-आफ्नो व्यक्तिगत बैङ्क खातामा हजारदेखि लाखौँसम्म घुस…

पूरा पढ्नुहोस्

सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत पाँच लाभार्थीहरूले पाए जमिन

पाकिम, ९ सेप्टेम्बर: मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत नामचेबुङ निर्वाचन क्षेत्रअन्तर्गत सुमिन लिन्जे ग्राम पञ्चायत इकाई (जीपीयू)-का पाँच लाभार्थीहरूलाई ४०x६० फिट (२४०० वर्ग फीट)-को जमिन आवन्टित गरिएको छ। आफ्नो जीवनको गुणस्तर बढाउन र आफ्नो र आफ्नो परिवारका लागि राम्रो भविष्य सुरक्षित गर्न प्रयासरत गरिबीको रेखामुनि रहेकाहरूका लागि यो पहल गरिएको हो। यसका लागि नाम्चेबुङका…

पूरा पढ्नुहोस्

पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले दिए एसडीएफबाट राजीनामा

गान्तोक, ९ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता तथा पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले सोमवार एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। उनी चाँडै सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल हुने बताइएको छ। उनले पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई सम्बोधन गरेको आफ्नो राजीनामा-पत्रमा भनेका छन्, ”म सन् १९९३-देखि एसडीएफ पार्टीको सक्रिय सदस्य थिएँ र सिक्किमको राजनीतिमा…

पूरा पढ्नुहोस्

व्यवसायिक किवी खेतीमा उदाहरणीय बन्दै योकसमका बुद्धहाङ लिम्बू

गान्तोक, ८ सेप्टेम्बर: सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल हुँदैन भन्न सकिँदैन। यस्तै एक उदाहरण हुन्, पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू (सुब्बा)। उनले २००९-देखि आफ्नो निजी जमिनमा किवी खेती सुरु गरेका थिए। सिक्किम सरकारको बागवानी विभागले दिएको चारवटा बिरुवाबाट किवी खेती सुरु गरेका सुब्बाले आज ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि प्राप्त…

पूरा पढ्नुहोस्

सरमसामा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ पालन; जङ्गु समष्टि बन्यो राज्यस्तरीय तीज नृत्य प्रतियोगिताको विजेता

पाकिम, ८ सेप्टेम्बर: आज सरमसा उद्यानमा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ सम्पन्न भयो। पारम्परिक एवम् सांस्कृतिक पोशाकमा हजारौँ महिलाहरूको उपस्थिति रहेको सामुहिक राज्य स्तरीय तीज उत्सवमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले, सम्पूर्ण सिक्किमेली नारीहरूलाई तीजको हार्दिक बधाई एवम् शुभकानमा व्यक्त गरे। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा,…

पूरा पढ्नुहोस्

गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए। पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको साको छो हिमताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ। अध्ययन टोलीको अर्को उपसमूहले साको छो तालको प्रारम्भिक मूल्याङ्कन…

पूरा पढ्नुहोस्

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँडभैलो पार्दैछ: शङ्करदेव ढकाल

गान्तोक, ७ सेप्टेम्बर: सिक्किम विश्वविद्यालयको नेपाली विभागले नेपाली भाषालाई भाँडभैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले बताएका छन्। किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् भवनमा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य…

पूरा पढ्नुहोस्

सीएपीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न; १४ सेप्टेम्बरसम्ममा नयाँ अध्यक्षको नाम घोषणा गरिने

गान्तोक, ७ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले आज केन्द्रीय कार्यकारिणी समितीको बैठक अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न गर्‍यो। बैठकमा मुख्य संयोजक गणेशकुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्लेलगायत समस्त केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीले पार्टीको “कार्यकर्ता मार्गदर्शन”को विधिवत विमोचन गरेको छ भने आजदेखि पार्टीको सदस्यता नविकरण पनि सुरु गरेको छ।…

पूरा पढ्नुहोस्