गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए।

पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती ९ बजेदेखि १२ बजे (मध्यरात) बीचमा मृत अवस्थामा फेला परेको १३ बीएन, आईटीबीपी, लिङ्दुम राङ्काको कमाण्डिङ अफिसरबाट लिखित एफआईआरमा बताइएको थियो। यस सम्बन्धमा आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।

 

पुलिसले बीएनएसएस ऐन, २०२३ को धारा १९४ अन्तर्गत मुद्दा दर्ता गरेको छ भने मृतकको शवलाई आवश्यक कानुनी प्रक्रियाका लागि एसटीएनएम अस्पतालको शवगृहमा राखिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *