पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले दिए एसडीएफबाट राजीनामा

गान्तोक, ९ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता तथा पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले सोमवार एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। उनी चाँडै सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल हुने बताइएको छ।

उनले पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई सम्बोधन गरेको आफ्नो राजीनामा-पत्रमा भनेका छन्, ”म सन् १९९३-देखि एसडीएफ पार्टीको सक्रिय सदस्य थिएँ र सिक्किमको राजनीतिमा धेरै गहिरो ज्ञान हासिल गर्ने मौका पाएँ। यसको निम्ति म तपाईँ र एसडीएफ पार्टीप्रति आभारी छु।”

उनी सिक्किम डेमोक्रेटिक फ्रन्टको उम्मेद्वारको रूपमा २००९ र २०१४-मा सिक्किम विधानसभा चुनाउमा लचेन-मंगन निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०१४ देखि २०१९-सम्म वन, वातावरण तथा वन्यजन्तु व्यवस्थापन, खानी, खनिज तथा भूविज्ञान र विज्ञान तथा प्रविधि विभागका मन्त्री थिए। उनी २०२४-को सिक्किम विधानसभाको चुनाउमा एसडीएफ उम्मेद्वारको रूपमा नाथाङ-माचोङ निर्वाचन क्षेत्रबाट खडा भएका थिए तर एसकेएम उम्मेद्वार पामिन लेप्चासँग पराजित भएका थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *