गान्तोक, ९ सेप्टेम्बर: सिक्किम पुलिसको सतर्कता विभागले सोमबार सिक्किम राज्य बैङ्क (एसबीएस)-का पाँचजना अधिकारीहरूको घर र कार्यालयहरूमा एकैसाथ छापा मारेर ठूलो मात्रामा घुसखोरी र घोटालाको पर्दाफास गरेको छ। विगत ६–७ वर्षमा बैङ्कका ग्राहकसँग ती अधिकारीहरूले ठूलो घुस लिएको सतर्कता पुलिसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आरोपित अधिकारीहरूले आ-आफ्नो व्यक्तिगत बैङ्क खातामा हजारदेखि लाखौँसम्म घुस लिएको बताइएको छ।
सतर्कता पुलिसले अधिकारीहरू विरुद्ध पाँचवटा एफआईआर दर्ता गरेको छ भने गान्तोक र सिङ्ताममा छापा मार्ने क्रममा धेरै आपत्तिजनक कागजातहरू जफत गरेको छ। अहिले अनुसन्धान जारी छ भने थप विवरणहरू बाहिर आउनसक्ने अपेक्षा गरिएको छ।