बर्दी लगाएर नाच्नु, गाउनु र अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु पुलिसलाई गरियो निषेध

गान्तोक, १० सेप्टेम्बर: सिक्किमका पुलिस महानिदेशक (डीजीपी)-ले सिक्किम पुलिसका सदस्यहरूलाई पुलिस बर्दी लगाएर नाच्न, गाउन वा अभिनय गरेर सामाजिक सञ्जालमा लगाउनु जस्ता गतिविधिहरूमा संलग्न हुन निषेध गर्दै सर्कुल जारी गरेको छ। यो निर्देशन पुलिस सदस्यहरूले बर्दी लगाएर भिडियोहरू बनाउने र कानुन प्रवर्तनका लागि परिचालन गरिएका उपकरणहरू प्रयोग गर्ने र त्यसपछि ती भिडियोहरू सोसियल मिडिया प्लेटफर्महरूमा साझा गर्ने घटनाहरूको प्रतिक्रियामा आएको हो।

सर्कुलरका अनुसार यस्तो व्यवहारलाई लज्जास्पद र पुलिस बलको व्यावसायिक छविका लागि हानिकारक मानिएको छ।

 

डीजीपीले यस्ता क्रियाकलापहरूमा तत्काल र स्थायी रूपमा रोक लगाउन सुनिश्चित गर्न सबै इकाई प्रमुखहरूलाई निर्देशन दिएका छन्। भविष्यमा उल्लङ्घनको घटना अघि आए त्यसमा संलग्न व्यक्ति मात्र होइन इकाई प्रमुख र कमाण्डको सम्पूर्ण श्रृङ्खला जवाफदेही हुने बताइएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *