गणेशकुमार राई बने सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष

गान्तोक, १४ सेप्टेम्बर: गणेशकुमार राई सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष बनेका छन्। आज पार्टी मुख्यालय अदमपुलमा पार्टीका निवर्तमान अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा उच्चस्तरीय सभा सम्पन्न भएको थियो भने गत ७ सेप्टेम्बर २०२४-को दिन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदले लिएको निर्णयअनुसार पार्टी अध्यक्षले आज पार्टीका सम्पूर्ण कार्यकारिणी समिति, सिइसीको अनुमतिमा विघटन गरेका थिए।

पार्टी अध्यक्षले नयाँ अध्यक्षका लागि सम्भावित तीनजनाको नामलाई प्रस्तावित गरेको तर दुवै उम्मेद्वार क्रमशः एलपी काफ्ले र सुमती छेत्रीले आफूहरु अध्यक्षको रेसमै नभएको बताएपछि गणेशकुमार राई पार्टीको नयाँ अध्यक्ष निर्विरोध निर्वाचित भएको प्रवक्ता हेमराज अधिकारीले एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। आजको सभामा पार्टीका चुनाव परिषद् अध्यक्ष हरिबहादुर राईले पार्टी संविधानको धारा २७(d)-को आधारमा गणेशकुमार राई नयाँ अध्यक्ष निर्वाचित भएको बताउँदै प्रमाणपत्र प्रदान गरे। सभालाई स्वागत जनाउँदै महासचिव (प्रशासन) सीएम मिश्रले सबैलाई स्वागत जनाए। कार्यकारी अध्यक्ष (प्रशासन) लाक्पा शेर्पाले अध्यक्षको अनुमति लिँदै सबै पार्टीका पदाधिकारी वर्गलाई विघटन भएको घोषणा गरे।

 

पार्टी अध्यक्ष भरत बस्नेतले सम्बोधन गर्दै नयाँ अध्यक्षलाई सफल कार्यकालको शुभकामना प्रकट गर्दै सिक्किमको भविष्यका निम्ति अब पार्टीले लामो यात्रा गर्नुपर्ने बताए। आफू निरन्तर यो पार्टीको हित र सिक्किमे नागरिकको हितमा आवाज उठाइरहने बताउँदै पार्टीलाई कहिँबाट पनि सेवा पुऱ्याउने बताए।

नवनिर्वाचित पार्टी अध्यक्ष गणेशकुमार राईले पूर्व अध्यक्ष एलपी काफ्ले र भरत बस्नेतको योगदानलाई सदैव शीरमा राखेर अघि बढ्ने बताए। पार्टीको हितका निम्ति सबै एकजुट हुनुपर्ने बताउँदै राईले अत्यन्त गम्भीर भएर अघि बढ्ने बताए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *