जोरथाङ आइरिसेस क्रिकेट क्लब बन्यो सिका ‘ए’ डिभिजन पुरुष क्रिकेट प्रतियोगिता २०२५-को विजेता

रम्फू, ३ अप्रिल: सिक्किम क्रिकेट एसोसिएसन (SICA) ‘ए’ डिभिजन पुरुष क्लब टुर्नामेण्ट २०२५-को पाँचौँ संस्करण बिहीबार सम्पन्न भयो। बिहीबार भएको फाइनल खेलमा जोरथाङस्थित आइरिसेस क्रिकेट क्लबले क्रिकेट एसोसिएसन अफ् ताथाङ्चेन (CAT)-लाई ३८ रनले पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेल सिक्किम क्रिकेट ग्राउण्ड, माइनिङमा सम्पन्न भएको हो।

पहिले ब्याटिङ गर्दै आइरिसेस क्रिकेट क्लबले ४० ओभरमा ७ विकेट गुमाएर २६७ रन बनायो। आइरिसेसको तर्फबाट ललित यादवले ७१ बलमा ११९ रनको इनिङ खेले। बलिङतर्फबाट आइरिसेसका अक्षय साईनले ८ ओभरमा ३६ रन दिएर ३ विकेट लिए।

ताथाङ्चेन ३८.२ ओभरमा २२९ रनमै अलआउट भयो। पार्थ पलावतले ९४ बलमा ११७ रनको इनिङ खेले। ललित यादवले ३७ रन दिएर ४ विकेट लिए। कप्तान राहुल तामाङ, अदित्य क्षेत्री र एस सरकारले समान २-२ विकेट लिए।

ललित यादवलाई ११९ रन र ४ विकेटसहितको उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरियो। उनी यस टुर्नामेण्टका सर्वाधिक रन बनाउने खेलाडी (३३२ रन) तथा उत्कृष्ट खेलाडी पनि घोषित भए। सीएटीका अक्षय साईन सर्वाधिक विकेट लिने खेलाडी बने।

यो पाँचौँ संस्करणको प्रतियोगिता १६ मार्चदेखि सुरु भएको थियो। प्रतियोगितामा आठ टोली सहभागी थिए, जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह चरणको खेलहरू मार्च २९ मा समाप्त भएको थियो भने सेमिफाइनल ३१ मार्च र १ अप्रिलमा सम्पन्न भएको थियो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *