गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा मुख्यमन्त्री तामाङले सिक्किमवासीको तर्फबाट उपराष्ट्रपतिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्।
यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपति राधाकृष्णनलाई निकट भविष्यमै सिक्किम भ्रमण गर्न हार्दिक निमन्त्रणा समेत दिएका छन्।