गान्तोक, २१ नोभेम्बर: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले शनिवार राजधानीस्थित आफ्नो सरकारी निवासमा पश्चिम बङ्गालका संसदीय मामिलामन्त्री शङ्कर घोषसँग भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिँदै आपसी चासोका विषय, सुशासन तथा सिक्किम र पश्चिम बङ्गालबीचको सहकार्यलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताएका छन्।
उनले क्षेत्रीय विकास तथा जनतासँग सम्बन्धित विभिन्न विषयमा विचार र अनुभव आदानप्रदान गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर संवाद र आपसी सहकार्यलाई अझ विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।