एसकेएम सरकारले व्यवस्थित भ्रष्टाचार गरिरहेको एसडीएफ-को आरोप

गान्तोक, ८ फरवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले आरोप लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा पैसा बढाएर एसकेएम सरकारले ठेक्काको काम राज्य बाहिराका ठूल्ठूला व्यापारीहरूलाई दिने गरेको आरोप लगाउँदै एसडीएफले यसलाई कमिशन माफिया ठहर गरेको छ। बिहीबार एसडीएफ प्रवक्ता अरुण लिम्बूले एउटा प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन्।

नाम्चीमा निर्माण हुँदै गरेको सामुदायिक भवनमा एसकेएम सरकारको वित्तीय अनिमियता खुलासा भएको एसडीएफले बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। सन् २०१८-मा एसडीएफ सरकारले १९ करोड ३४ लाख ९० हजार ३९४ रुपियाँको लागतमा नाम्ची सामुदायिक भवन निर्माण कार्य लगभग पूरा गरिसकेको तर एसकेएम पार्टी सरकारमा आएपछि उक्त भवन निर्माण कार्यको रकम बढाएर ९६ करोड, ९९ लाख १७ हजार ६५ रुपियाँ बनाएको एसडीएफद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। एसकेएम सरकारले लगभग ८० करोडको वृद्धि गरेर जनताको धनराशिको दुरुपयोग गरिरहेको एसडीएफले आरोप लगाएको छ।

राज्यमा अन्य निर्माणाधीन परियोजनाहरूको पनि लागत खर्च हजार गुणा बढाएर वर्तमान सरकारले जनताको धनको व्यापक दुरुपयोग गरिरहेको एसडीएफले आरोप लगाएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *