सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो।