लालिगा: बार्सिलोनाको लगातार दोस्रो जित

स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले दोस्रो जित हासिल गरेको छ। शनिवार राती भएको खेलमा एथलेटी क्लब बिल्बाओविरुद्ध २-१ गोल अन्तरले जित्दै बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको हो।

बार्सिलोनाका युवा स्टार खेलाडी यमालले खेलको २४ औँ मिनेटमा टिमलाई पहिलो अग्रता दिलाए। तर पहिलो हाफको ४२ औँ मिनेटमा बिल्बाओको लागि इन्सेक्टले बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमा रोकिएको बार्साको लागि दोस्रो हाफको ७५ औँ मिनेटमा फर्वाड लेवन्डोस्कीले गोल गरेपछि खेल बार्सिलोनाले २-१ ले जित्यो। यो जितसँगै ६ अङ्क जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बराबरी अङ्क रहेको सेल्टाभिगो गोल अन्तरको आधारमा पहिलो स्थानमा छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *