नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेटे मुख्यमन्त्रीलाई

गान्तोक, २७ अगस्ट: नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका गरेका छन्। मंगलबार नयाँ दिल्लीस्थित सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके-म्याक्स (BLK-MAX) सुपर स्पेशालिटी अस्पतालमा सेवारत नर्सहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्।

मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीहरूमाथि गर्व र प्रशंसा व्यक्त गरेका छन्। उनले भने, “हाम्रा स्वास्थ्य सेवा पेशेवरहरूले राजधानीमा अमूल्य अनुभव प्राप्त गरेको देख्न पाउनु खुसीको कुरा हो। आफ्नो परिष्कृत विशेषज्ञताका साथ जब उनीहरू सिक्किम फर्किन्छन, सिक्किमलाई निस्सन्देह फाइदा पुग्नेछ।”

नर्सहरूलाई शुभकामना व्यक्त गर्नका साथै यस पेशामा अटल विश्वासका साथ समर्पित सेवा जारी राख्न उनीहरूलाई मुख्यमन्त्रीले प्रोत्साहित गरेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *