सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ।
याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा केही समय सेवा गरेपछि अहिले उनी मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कला विषयको स्नातक शिक्षक (GT) रहेकी छन्।

केन्द्र सरकारले राष्ट्रिय शिक्षक पुरस्कारका विजेताहरूको नाम मंगलबार सार्वजनिक गरेको हो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *