गान्तोक, २८ अगस्ट: अमेरिका र चीनलाईपछि पार्दै भारत विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बन्नु प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वको उदाहरण रहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्।
मुख्यमन्त्री तामाङले बुधबार आफ्नो आधिकारीक फेसबुक पोस्टमा लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वका कारण भारत आज विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बनेको छ।”
प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको दृष्टिकोणलाई सिक्किमका जनताले पूर्ण रूपमा समर्थन गर्नेछन् भनी मुख्यमन्त्री तामाङले बताएका छन्।