पाकिम, २९ अगस्ट: पाकिम जिल्लाका जिल्लापाल अगावाने रोहन रमेश र अतिरिक्त जिल्लािल साङ्गे ग्यात्सो भोटियाले आज जिल्ला प्रशासनिक केन्द्र पाकिमको सम्मेलन हलमा राजनीतिक दलहरूसँग बैठक गरेका छन्।
बैठकमा इलेक्ट्रोनिक भोटिङ मेशिन (EVMs)-हरू र भोटर भेरिफाइबल पेपर अडिट ट्रेलहरू (VVPATs)-लाई जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा रहेको वेरहाउसमा स्थानान्तरण गर्नेलगायत विभिन्न विषयहरूलाई समेटिएको थियो। यसबाहेक, स्पेसल समरी रिभिजन (एसएसआर) सम्बन्धि प्री-रिभिजन गतिविधिहरूको बारेमा पनि संक्षिप्त छलफल भयो।
बैठकमा, जिल्लापालले घर-घर सर्वेक्षण गर्दा मतदाता नामावलीको विश्वसनीयता कायम राख्नुमा बुथ लेभल अफिसर (बीएलओ)-को कस्तो महत्त्व हुन्छ भन्ने विषयमा जोड दिएका थिए।
बिहीबार बसेको उक्त बैठकमा निर्वाचन विभागका उपसचिव रघुनाथ क्षेत्री साथै विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।