दार्जिलिङ चिडियाखानामा जन्मिए रेड पान्डा, हिमचितुवा, घोरललगायत अन्य जनावरहरूका धेरै बच्चा

दार्जिलिङ, ३१ अगस्ट: दार्जिलिङ चिडियाखाना नामले परिचित पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कमा धेरै नवजात जनावरहरूको जन्म भएको बताइएको छ। पछिल्ला दुई महिनामा, चिडियाखानाको संरक्षण प्रजनन केन्द्रमा धेरै जनावरहरूले बच्चा जन्माएको थाहा लागेको छ।

निक्की र प्रसन्ना नाम दिइएको दुईवटा रेडपान्डाले चारवटा बच्चा जन्माइसकेका छन् भने हिमचितुवा राहलाले पनि दुईवटा बच्चा जन्माएको बताइएको छ। यी बाहेक चिडियाखानामा एउटा ताकीन, एउटा मारखोर, तीनवटा निलो भेडा र तीनवटा घोरालका बच्चाको जन्म भएको छ।

 

पश्चिम बङ्गालको दार्जिलिङस्थित ६७.५६ एकरको क्याम्पसमा रहेको यो चिडियाखाना भारतको सबैभन्दा ठूलो उचाइमा रहेको चिडियाखाना मध्ये एक हो। यो लगभग ७,००० फिटको उचाइमा छ। सन् १९५८-मा स्थापित, यो चिडियाखाना हिमचितुवा, लोपोन्मुख हिमालयन ब्वाँसो, र रेड पान्डा आदि जनावरका सफल प्रजनन कार्यक्रमहरूका लागि परिचित छ।

यस चिडियाखानाले वार्षिक रूपमा लगभग ३००,००० पर्यटकहरूलाई आकर्षित गर्दछ। यसले भारतको केन्द्रीय चिडियाखाना प्राधिकरणको रेड पान्डा कार्यक्रमका लागि केन्द्रीय हबको रूपमा पनि सेवा गर्दछ। यो चिडियाखाना र एक्वैरियमहरूको विश्व सङ्घको सदस्य पनि हो। यसको नाम सरोजिनी नायडूकी छोरी पद्मजा नायडूको नाममा राखिएको हो।

चिडियाखानाका अधिकारीहरूकाअनुसार अहिले जन्मिएका सबै नवजात जनावरहरू स्वास्थ्य रहेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *